श्रीलङ्कामा लाखाैँ नागरिकलाई सहायताको खाँचो

संयुक्त राष्ट्र सङ्घले श्रीलङ्काका गर्भवतीका लागि खाद्यान्न सहायता पठाउन थालेको छ । राष्ट्र सङ्घका अनुसार श्रीलङ्काका पाँचमध्ये चार जनाले खर्च धान्नका लागि खाना खान नै छोड्न थालेका छन् । राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम डब्लूएफपीले ‘जीवन बचाउने सहयोग’ अन्तर्गत झण्डै दुई हजार गर्भवतीलाई खाद्यान्न सहयोग वितरण गर्न थालेको जनाएको छ । एसिया र प्रशान्त महासागरका डब्ल्यूएफपी उपक्षेत्रीय निर्देशक एन्थिया वेबले २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलङ्काका गरिब नागरिकलाई खाना औषधिजस्ता आधारभूत आवश्यकताका वस्तु खरिद गर्न कठिन भइ...