सुनसरीमा सामूहिक होली खेल्न नपाइने

इटहरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिदैँ गरेको होली पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । भारतमा कोरोना स‌ंक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा समेत सर्तकता अपनाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक सूचना जारी गर्दै कोभिडको प्रकोप थप सक्रिय भएकाले सचेत रहन अपिल गरेको छ । होली पर्वमा भीड नगर्न, भीडबाट... The post सुनसरीमा सामूहिक होली खेल्न नपाइने appeared first on Purbeli News.

सम्बन्धित सामग्री

होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुँदै

काठमाडौं । यस वर्षको होलीमा होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुने भएको छ । केटीएम लाइभ इन्टरटेनमेन्टको आयोजनामा बानेश्वरस्थित होटल एभरेष्टमा म्याड वल्ड होली फेस्टिभल हुने भएको छ । यो वर्षको होली आगामी चैत ११ गते रहेको छ । सहभागीले होली फेस्टिभलमा रंग खेल्न टिकट काट्नुपर्ने आयोजकले जनाएको छ । कार्यक्रम ११ बजेबाट सुरु […]

सभ्य एवं सुरक्षित तरिकाले होली मनाउनूस् : प्रहरी

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ।प्रहरी परिसर काठमाडौंले बिहीबार सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो। प्रहरीले आत्मीय व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहोरपानी प्रयोग

बौद्धमा होली खेल्दा खेल्दै घरबाट खसेर किशोरी गम्भीर घाइते

काठमाडौं, चैत्र । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा एक किशोरी गम्भिर घाइते भएकी छिन् । सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कक्षा ११ मा अध्ययरत चौलागाईं होली खेल्न आफन्तकोमा गएकी थिइन् । उनको उपचार नेपाल मेडिकल कलेज, जोरपाटी भइरहेको छ ।

फ्रान्सेली नागरिकसँग चेपाङ बालबालिकाको होली (फोटो फिचर)

चितवन : रत्ननगरस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले होली मनाएका छन्। केन्द्रलाई विगत आठ वर्षदेखि खाद्यान्न सहयोग गर्दै आएका फ्रान्सेली नागरिकहरूसँग चेपाङ बालबालिकाहरूले होली पर्व मनाएका हुन्।चेपाङ बालबालिकासँग होली मनाउन फ्रान्सेली नागरिकहरू मरी पल बेन्डट्टी, माइकल कोपाडो र निकोलस लिख्तनस्टाइगा चेपाङ संरक्षण केन्द्र पुगेका हुन्। बालबालिकासँग होली खेल्न पाउँदा एकदमै खुसी मिलेको उनीहरूले प्रतिक्रिया दिए।उनीहरूले सुरूमा बालबालिकालाई रङ दलिदिए । त्यसपछि बालबालिकाले पनि उनीह

काठमाडौंका सार्वजनिक स्थलमा होली खेल्न प्रशासनले लगायो रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ । यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत प्र.जि.अ. पराजुलीले अनुरोध गर्नुभएको छ । स्थानीय प्रशासन, प्रहरी, जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने लगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न समेत आग्रह गर्नुभयो । यस्तै कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरुको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तह मार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो । विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गर्नुभएको छ । यस्तै कोरोनाबाट थप जटिलता नआओस भन्नका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

भारतमा कोरोना बढेपछि स्वदेश फर्किने नेपालीको लर्काे, सामूहिक होली खेल्न रोक

कोभिड संक्रमणको जोखिम बढेपछि कैलालीमा सामूहिक रूपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको जोखिम कायमै रहेको बताउँदै भीडभाड गरेर होली नमनाउन आग्रह गरेका हुन् । ‘पछिल्लो ४–५ दिनको अवधिमा भारतबाट आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ,’ रिजालले भने, ‘त्यसैले यस वर्ष भीडभाड गरेर होली नबनाउन आग्रह गरेका हौं ।’ फागु पूर्णिमाको अवसरमा सामूहिक रूपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई अनु...

काठमाडौंका सार्वजनिक स्थानमा होली खेल्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ ।  कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । काठमाडौं उपत्यकामा बृद्धि भइरहे

कञ्चनपुरमा होली खेल्न प्रशासनको रोक

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नजिकिँदै गरेको होली पर्व नखेल्न आग्रह गरेको छ