कोभिड संक्रमणको जोखिम बढेपछि कैलालीमा सामूहिक रूपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको जोखिम कायमै रहेको बताउँदै भीडभाड गरेर होली नमनाउन आग्रह गरेका हुन् ।
‘पछिल्लो ४–५ दिनको अवधिमा भारतबाट आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ,’ रिजालले भने, ‘त्यसैले यस वर्ष भीडभाड गरेर होली नबनाउन आग्रह गरेका हौं ।’
फागु पूर्णिमाको अवसरमा सामूहिक रूपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई अनु...