चितवन : रत्ननगरस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले होली मनाएका छन्। केन्द्रलाई विगत आठ वर्षदेखि खाद्यान्न सहयोग गर्दै आएका फ्रान्सेली नागरिकहरूसँग चेपाङ बालबालिकाहरूले होली पर्व मनाएका हुन्।चेपाङ बालबालिकासँग होली मनाउन फ्रान्सेली नागरिकहरू मरी पल बेन्डट्टी, माइकल कोपाडो र निकोलस लिख्तनस्टाइगा चेपाङ संरक्षण केन्द्र पुगेका हुन्। बालबालिकासँग होली खेल्न पाउँदा एकदमै खुसी मिलेको उनीहरूले प्रतिक्रिया दिए।उनीहरूले सुरूमा बालबालिकालाई रङ दलिदिए । त्यसपछि बालबालिकाले पनि उनीह