जेठ १०, काठमाडौं । औद्योगिक पूर्वाधारमा निजी क्षेत्रको संलग्नता बढाउने गरि सरकारले नीति ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
यस्तै सरकारले स्टार्टअप व्यवसाय स्थापना र संचालन गर्नमा पनि सहयोग गर्ने नीति ल्याउने भएको छ । सरकारले नेपालको निर्यात प्रवद्र्धन गर्ने नीति ल्याउने र निर्यात विस्तार गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने पनि सरकारको योजना छ ।