पर्वत : ११ वटा जिल्ला रहेको गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह रहेका छन्। तीमध्येका तीनवटा स्थानीय तहमा मात्रै हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट गाउँपालिकाको प्रमुखमा महिला निर्वाचित भएका छन्।२०७४ सालको स्थानीय तहमा दलहरू एक्लाएक्लै लडेका कारण हरेक स्थानीय तहको उपप्रमुख-उपाध्यक्ष पदमा महिला उम्मेदवार उठाइएका थिए। योपटक पाँचदलीय गठबन्धनका कारण उपप्रमुख-उपाध्यक्ष पदमा महिला उम्मेदवार कम रहेका थिए।०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट गण्डकीमा ६ जना महिला स्थानीय तहको प्रमुख बने