अरू बेला बेवास्ता गरे पनि निर्वाचन लागेपछि नेताहरू आफैं मतदाता खोज्दै घरघर पुग्छन् । बाँकेका उम्मेदवारहरू पनि यति बेला मतदाताका दैलो चहार्दै छन् । उनीहरू त्यहाँ भोट मात्रै माग्दैनन्, पाको पुस्ताका सामु शिर झुकाएर जितको आशीर्वाद पनि थापिरहेछन् । ज्येष्ठ नागरिकका हात आफैंले आफ्नो टाउकामा तानेर आग्रह गर्छन्, ‘तपार्इंको एक भोटले म जित्दै छु । जितको आशीर्वाद दिनुहोस् ।