काठमाडौंको फोहोर विसर्जन विवाद : बञ्चरेडाँडा संघर्ष समिति र सहरी विकास मन्त्रालयबीच शुक्रबार वार्ता हुने

काठमाडौंको फोहोर विसर्जनको विवाद उत्कर्षमा पुगेपछि बञ्चरेडाँडा संघर्ष समिति र सहरी विकास मन्त्रालयबीच भोलि (शुक्रबार) वार्ता हुने भएको छ ।

सम्बन्धित सामग्री

फोहोर नफाली काठमाडौं नै फर्किए टिपरहरू

काठमाडौं उपत्यकाको फोहोर फाल्न बञ्चरेडाँडा पुगेका टिपरहरू फोहोर नफाली फर्किएका छन् । आज बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ । सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो […]

केमिकल राखेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु, तस्बिरहरु

काठमाडौँको फोहोर बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ । स्थानीयको विरोधबीच प्रहरीको सुरक्षामा फोहोर फाल्न सुरु गरिएको हो ।  फोहोर फाल्न अघि टिपरहरुमा गन्ध नआउने केमिकल पनि छर्किएको छ । यसअघि फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् । स्थानीय श्रीहरि ढकालले रातोपाटीलाई दिएको जानकारी अनुसार करिब दुई घण्टा स

काठमाडौँको फोहोर फाल्न सकस, तस्बिरमा हेर्नुहोस्

काठमाडौँको फोहोर फाल्न फेरि सकस देखिएको छ । बञ्चरेडाँडामा फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् । स्थानीय श्रीहरि ढकालले रातोपाटीलाई दिएको जानकारी अनुसार करिब दुई घण्टास्थानीय र प्रहरीबीच झडप भएको थियो । यसक्रममा प्रहरीले एक दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको ढकालले बताए । प्रहरीले अवरोध गर्ने स्थानीयलाई निय

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । स्थानीय श्रीहरि ढकालले रातोपाटीलाई दिएको जानकारी अनुसार करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको छ । यसक्रममा प्रहरीले डेढ दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको ढकालले बताए । ‘घर–घरभित्र छिरेर प्रहरीले महिलालाई

काठमाडौंको फोहोर फाल्न खोज्दा बन्चरेडाँडामा पुनः अवरोध

सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति बन्चरेडाँडाका स्थानीयले अस्वीकार गरेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौंको फोहोर फाल्न पुगेका टिपरलाई स्थानीयले अवरोध पुर्याएका हुन् । यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रति

उठ्न थाल्यो काठमाडौं महानगरको फोहोर

काठमाडौं : महानगरको फोहोर उठाउन थालिएको छ। महानगरपालिकाले मंगलबार बिहान ८ बजेदेखि फोहोर उठाउन थालेको हो।सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपछि फोहोर उठाउन थालिएको हो।

स्थानीयका माग सम्बोधन गर्ने प्रतिबद्धतापछि उठ्ने भयो काठमाडौँकाे फोहोर

काठमाडौँ । काठमाडौँमा थुप्रिएको फोहोर मंगलबार बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ। सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । सहरी विकास मन्त्रालयमा सोमबार अबेर काठमाडौँ महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको छ । सहरी विकास मन्त्रालयले सडक, नदी […]