केमिकल राखेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु, तस्बिरहरु

काठमाडौँको फोहोर बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ । स्थानीयको विरोधबीच प्रहरीको सुरक्षामा फोहोर फाल्न सुरु गरिएको हो ।  फोहोर फाल्न अघि टिपरहरुमा गन्ध नआउने केमिकल पनि छर्किएको छ । यसअघि फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् । स्थानीय श्रीहरि ढकालले रातोपाटीलाई दिएको जानकारी अनुसार करिब दुई घण्टा स

सम्बन्धित सामग्री

उठ्न थाल्यो काठमाडौँको फोहोर

काठमाडौँ । सुरक्षाकर्मीको सहयोगमा काठमाडौँ महानगरपालिकाले आज बिहानबाट राजधानीको फोहोर विसर्जन गरेको छ ।  गएको सोमबार काठमाडौँ महानगरपालिकाको दुई वटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो । लगत्तै काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख […]

राजधानीको फोहोर उठ्न थाल्यो, एकैदिन १ सय ४३ ट्रक ल्याण्डफिल पुगे

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार बिहानबाट राजधानीको फोहोर उठाउन सुरू गरेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई विर्सजन थालिएको हो । गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो । लगत्तै […]

राजधानीको फोहोर उठ्न थाल्यो, एकैदिन १ सय ४३ ट्रक ल्याण्डफिल लगियो

सुरक्षाकर्मीको सहयोगमा काठमाडौं महानगरपालिकाले आज बिहानबाट राजधानीको फोहोर बिसर्जन गरेको छ । गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राइ सहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपुर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन शुरु गरेको हो

प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

काठमाडौं । प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको । टिपरहरुमा गन्ध नआउने केमिकल छर्किएर फोहोर फाल्न थालिएको हो । यसअघि, स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको थियो । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गएका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ–ठाउँमा […]

स्थानीयको अवरोधबीच बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

स्थानीयको अवरोधबीच बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको छ। प्रहरीको स्कर्टिङमा केमिकल छर्दै सो क्षेत्रमा फोहोर फाल्न थालिएको हो। प्रहरीसँगै काठमाडौं महानगरले केमिकल छर्ने गाडी पनि बञ्चरेडाँडामा पठाएको छ। सोमबार सहरी विकास...

उपत्यकाकाे फोहोरमा केमिकल छर्केर दुर्गन्ध हटाइँदै

यहाँकाे फोहोर विसर्जन गरिदैं आएको सिसडोल ल्यान्डफिल साइटमा त्यहाँका स्थानीयले फोहोर फाल्न नदिएपछि उपत्यकामा लामो समयदेखि फोहोर थुप्रिएर बसेकाे छ। फाेहाेरले शहर नै दुर्गन्धित हुन थालेपछि महानगरले केमिकल छरेर दुर्गन्ध हटाउन थालेकाे हाे।...

काठमाडौंका सडकमा थुप्रिएको फोहोरमा केमिकल छरेर दुर्गन्ध हटाउन थालियो

उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालिएको हो ।सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो । काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फो

उपत्यकाका सडकमा थुप्रिएका फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्किँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाका सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालेको छ । काठमाडौँका विभिन्न सडकमा थुप्रो लागेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्न थालिएको हो । आज (सोमबार) बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको छ । सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौँको फोहोर उठ्न सकेको छैन […]

सिसडोल पुगेर बालेनले भने– केमिकल हालेर एक हप्तामा दुर्गन्ध हटाइन्छ

२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए । केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने उल्लेख गर्दै उनले […]