सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति बन्चरेडाँडाका स्थानीयले अस्वीकार गरेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौंको फोहोर फाल्न पुगेका टिपरलाई स्थानीयले अवरोध पुर्याएका हुन् । यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रति