काठमाडौँको फोहोर फाल्न फेरि सकस देखिएको छ । बञ्चरेडाँडामा फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् । स्थानीय श्रीहरि ढकालले रातोपाटीलाई दिएको जानकारी अनुसार करिब दुई घण्टास्थानीय र प्रहरीबीच झडप भएको थियो । यसक्रममा प्रहरीले एक दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको ढकालले बताए । प्रहरीले अवरोध गर्ने स्थानीयलाई निय