जनकपुरधाम : जनकपुरधाम निवासी तथा नेपालपत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेकी रिङ्कु गायत्री मिश्रले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन्।प्रदेश २ को चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड सदस्यसमेत रहेकी जनकपुरधामकी पुष्पा यादवले पनि हरियो चुरासँगै मेहन्दीले हात सजाएकी छिन्।यतिबेला प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ। साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाहरूको रोजाइमा परेको