यसवर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन । साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेँलो चुरा, पोते, मेहन्दी र पहेँलो कपडाले सजिएको छ । तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन् । महिला दिदीबहिनीले हातमा मेहन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो ।यसपटक कोरोनाका कारण भनेजति व्यापार हुन नसकेको असनका व्यापारी राजु लामिछानेले बताए । लकडाउन खुलेपनि कोरोनाको डरले गर्दा मानिस घरमै थुनिन बाध्य भ