लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।१०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नीति कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिइने छ ।नीति कार्यक्रमले निर्धारण गरेका प्राथमिकताका आधारमा बजेट ल्याउने तयारी पनि प्रदेश सरकारले गरेको छ