लुम्बिनी सरकारको प्राथमिकतामा कृषि

दाङ-लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ ।प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । शिक्षा र पर्यटनमा पनि धेरै कार्यक्रम र नयाँ नीति अघि सारिएको छ । सरकारले सिंगो लुम्बिनी प्रदेशलाई प्रविधिमैत्री बनाउने गरी ‘डिजिटल […]

सम्बन्धित सामग्री

प्राथमिकतामा कृषि,उद्योग, पर्यटन र स्वास्थ्य

लुम्बिनी प्रदेश सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटले कृषि, उद्योग, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । त्यसै गरी बजेटले पूर्वाधार क्षेत्रको विकासका साथै तालिम, सिप विकास, आर्थिक सामाजिक सशक्तीकरण, विपन्न वर्ग क्षेत्रको विकासमा प्राथमिकता दिएको छ । बजेटले अधिकांश पुराना र साना आयोजना पूरा गर्न प्राथमिकता दिएको छ । लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा एक बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेशको बजेट : प्राथमिकतामा कृषि

कृषिलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा युवालाई व्यावसायिक कृषिमा लगाउन कृषि यान्त्रिकीकरणका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।