मुस्ताङमा विमान दुर्घटना : २१ जनाको शव भेटियो १ बेपत्ता

दुर्घटनाग्रस्त तारा एयरको ९ एन एईटी जहाज ३ चालक दलसहित २२ जना सवार थिए ।

सम्बन्धित सामग्री

विमान दुर्घटनामा मृत्यु भएकाको शव लिन सेनाको हेलिकप्टर मुस्ताङतर्फ

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव लिन नेपाली सेनाको हेलिकप्टर मुस्ताङतर्फ उडेको छ। सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही बेरअघि मुस्ताङतर्फ उडेको हो । विमान दुर्घटना स्थलबाट बिहान १२ जनाकै शव मुस्ताङको कोवाङसम्म ल्याएपछि सेनाको हेलिकप्टर शव लिन गएको प्रहरीले जनाएको छ। १० वटा शव सोमबार अपराह्न काठमाडौं ल्याइएको थियो। विमानमा सवार २२ मध्ये साेमबार साँझसम्म २१ जनाको शव भेटिएको थियो। एउटा शव मंगलबार बिहान सबेरै भेटिएको मुस्ताङका प्रहरी

विमान दुर्घटना अपडेट : २२ जनाकै शव भेटियो, बाँकी १२ शव काठमाडौं ल्याउने तयारी

काठमाडौं : मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार सबै २२ जनाको शव भेटिएको छ। हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार दानीले जानकारी दिए।भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो  अन्य १० जनाको शव  आज विहान मुस्ताङको कोवाङसम्म ल्याइएको डिएसपी दानीले बताए। अब दुई जनाको शव पनि कोबाङ ल्याएर १२ वटै शव काठमाडौं पठाइने

तारा एअरकाे विमान दुर्घटना : १० जनाको शव काठमाण्डाै ल्याइयाे

काठमाण्डाै – मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २१ जनामध्ये १० जनाको शव काठमाण्डौ ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरले १० जनाको शव आज साेमवार बेलुका काठमाण्डौ ल्याएको हो । प्रतिकूल मौसमका कारण ११ जनाको शव दुर्घटनास्थलमै रहेकाे र एक जनाको अवस्था अझै थाहा हुन नसकेको तारा एअरले जनाएको छ । सबै शवकाे त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइनेछ । हिजो आइतवार बिहान १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि उडेको विमान ...

तारा एयरको विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको खोजी कार्य जारी

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा विमानमा सवार २२ जनामध्ये हालसम्म २१ जनाको शव फेला परेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले सोमवार एक विज्ञप्ति जारी गर्दै घटनाले आफूहरु निकै मर्माहित भएको बताएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट १० जनाको शव आधार शिविरमा ल्याई…

तारा एयर विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको भेटिएन

काठमाडौं, १६ जेठ ।  तारा एयरको विमानमा सवार २२ जना मध्ये २१ जनाको शव फेला परेको छ । मुस्ताङमा थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको हो । जहाजमा सवार १ जनाको केही भेटिएको छैन् । १ जनाको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी भइरहेको छ । शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको […]