काठमाण्डाै – मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २१ जनामध्ये १० जनाको शव काठमाण्डौ ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरले १० जनाको शव आज साेमवार बेलुका काठमाण्डौ ल्याएको हो । प्रतिकूल मौसमका कारण ११ जनाको शव दुर्घटनास्थलमै रहेकाे र एक जनाको अवस्था अझै थाहा हुन नसकेको तारा एअरले जनाएको छ । सबै शवकाे त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइनेछ ।
हिजो आइतवार बिहान १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि उडेको विमान ...