फिर्ता भएको नागरिकता विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिको कार्यालय पठाईयो

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठाईएको छ । राष्ट्रपति संदेशसहित फिर्ता गरेपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाले फेरी पारित गरेर विधेयक आज राष्ट्रपति समक्ष प्रमाणीकरणको लागि पठाईएको हो ।सभामुख अग्नि सापकोटाले विधेयक प्रमाणित गरेर प्रमाणीकरणको लागि  राष्ट्रपति कार्यालयमा पठाएका हुन्। अब राष्ट्रपतिले १५ दिन भित्र विधेयक प्रमाणित गर्नु पर्छ ।नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिईन् ।राष्ट्रपतिबाट फिर्ता आएको सो विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले बिना संशोधन पुनः बहुमतबाट पारित गरेको थियो ।  दुवै सदनबाट पारित भएको विधेयक आज प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाईएको हो । दोस्रो पटक प्रमाणीकरणको लागि विधेयक पठाउँदा राष्ट्रपतिले प्रमाणीकरण गर्नै पर्ने संवैधानिक ब्यबस्थ छ । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संशोधन सहित वा बिना संशोधन संसदबाट पारित भई दोस्रो पटक प्रमाणीकरणको लागि पठाउँदा राष्ट्रपतिले प्रमाणीकरण गर्नै पर्ने संवैधानिक ब्यबस्थ छ ।यद्यपि कतिपयले भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरी उनले राजिनामा दिन सक्ने आँकलन गरेका छन् । 

सम्बन्धित सामग्री