अघि बढ्यो नागरिकता विधेयक : संशोधन प्रस्ताव अस्वीकृत

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असहमतिका बाबजुद प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक अगाडि बढेको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न मागेको अनुमतिमा एमाले र नेमकिपाका गरी तीन जना सांसदहरुले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गरेपनि उक्त सूचना अस्वीकृत भएपछि विधेयक अघि बढाउन बाटो खुलेको हो ।बैठकमा एमाले सांसद भीम रावल, शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

सम्बन्धित सामग्री

नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित

राष्ट्रियसभाको बिहीबारको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गरेको प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि सभामा छलफल भएको थियो । सदनमा सांसदबाट उठेको प्रश्नको गृहमन्त्री खाणले जवाफ दिएका थिए ।उक्त विधेयकमाथिको संशोधन प्रस्ताव राख्ने संयुक्त […]

यस्ता छन् नागरिकता विधेयकमा सरकारले स्विकारेका संशोधन

काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा राख्नुपर्ने विषयमा सत्तापक्षकै सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अन्तिमसम्म टिक्न सकेनन्। प्रमुख प्रतिपक्षी एमालेको संशोधन बहुमतले अस्वीकृत भयो। तर प्रतिनिधिसभाको बैठकमा संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गर्दा बहुमतले अूस्वीकृत भए पनि केही संशोधनलाई अंगिकार गरेको पाइएको छ । संसद सचिवालयका अनुसार नागरिकता विधेयकमा पहिचान सह

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि सभामा छलफल भएको थियो । सदनमा सांसदबाट उठेको प्रश्नको गृहमन्त्री खाणले जवाफ दिनुभएको थियो । उक्त विधेयकमाथिको संशोधन प्रस्ताव …

नागरिकता विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए ।विधेयकमाथि प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो भने सत्ता गठबन्धन दलले समर्थन गरेका थिए ।  नागरिकता विधेयकमाथिको छलफलका क्रममा संशोधनकर्ता सत्ता गठबन्धन दलका सांसदले संशोधन प्रस्ताव फिर्ता लिए भने प्रमुख प्रति

संसारमा कहीँ पनि नागरिकता विधेयक खुकुलाे हुन्न : भीम रावल

काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  नागरिकता विधेयकलाई समितिमा नपठाइ जबरजस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरङ्कुशता भएको सांसद रावलले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘छलफल होइन केवल छल हो । नागरिकताजस्तो संवेदनशील विषयमा छल गर्नु निन्द...

‘कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ’

एमाले सांसद गणेशकुमार पहाडीले वैवाहिक अंगिकृतलाई नेपाली नागरिकता दिने सम्बन्धमा सरकारले ल्याएको नागरिकता विधेयक संविधान सम्मत नभएको बताएका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन २०६३ पहिलो संशोधन विधेयक प्रस्तावमाथि संशोधन प्रस्ताव पेश गर्दै नागरिकता दिने प्रक्रिया सहज नभएको भन्दै कानुन बनाउँदा विधायिकाले म र मेरो परिवार वा जातिलाई फाइदा हुनेगरी बनाउन नहुने बताए ।‘कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ’, पहाडीको भनाइ छ । उनले अमेरिका, माल्दिभ्सको समेत उदाहरण दिँदै वैव

नागरिकता विधेयकमा ५४ सांसदका ३१ संशोधन प्रस्ताव

सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरेपछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

नागरिकता विधेयकमा ५४ सांसदद्वारा संशोधन प्रस्ताव

काठमाडौँ – सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरे पछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा […]

नागरिकता विधेयकमा ५४ सांसदका ३१ संशोधन प्रस्ताव

सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरेपछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।  संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास ग