काठमाडाैँ- प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसा घटनाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो। यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरेर समितिले पीडितलाई क्षतिपूर्ति पीडकबाट नभई राज्य कोषबाट उपलब्ध गराउने निर्णय गरेको हो। पीडकबाट कारबाहीस्वरूप प्राप्त हुने रकम […]