काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ ।
आज मङ्गलवार काठमाण्डाैकाे धुम्बाराहीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै त्याे प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो ।
प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी न...