चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउने विषयमा छलफल नभएको बताउनुभएको छ ।चितवनको भरतपुर विमानस्थलमा आज मङ्गलवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले महाअभियोगका बारेमा छलफल नभएको बताउनुभयो । उहाँले सत्ता गठबन्धनका सबै दलबीच छलफल गरेर समस्याको निकास निकाल्ने बताउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा उहाँले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्न...