काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाअभियोग लागेको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिनुभएको छ । संसद् सचिवालयले उहाँ निलम्बनमा परेकाे सूचना प्रकाशित गरेसँगै जबरा महाअभियाेग लागेकाे पत्र बुझेर अदालतबाट बाहिरिनुभएकाे हाे ।
प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि संसद् सचिवालयले प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना प्रकाशित गरी राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानन्यायाधीश जबरा, संवैधानिक आयोग, न्याय परिषद् र प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।&...