काठमाडौं। संयुक्त विद्यार्थी संगठनले इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ। विद्यार्थी संगठनहरुले पूर्वघोषित आन्दोलनबमोजिम असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरू बन्द गर्ने जनाएका हुन्। उनीहरूले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्षलाई ध्यानाकर्षण गराउँदै पेट्रोल पम्प र ढुवानी ट्याङ्करहरू बन्द गरी आन्दोलनमा सहयोग गर्न आह्वान समेत गरेका छन्।