ओलीलाई नेकपा साधारण सदस्यबाट निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट पनि निष्कासन गरेको छ । प्रचण्ड–नेपाल समूहले पुस ७ गते ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतवार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । पार्टी हित विपरीतको काम गरेको तथा प्रतिनिधि...

सम्बन्धित सामग्री

आफ्नै उम्मेदवार हराउन भूमिका खेलेको भन्दै गाउँपालिका अध्यक्ष एमालेबाट निष्कासन

बैतडी : नेकपा एमाले बैतडीले  पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ। मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो।एमाले बैतडीका सचिव चक्र कार्कीका अनुसार साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको हो। यसका साथै एमालेका प्रदेश क

एमाले सुदूरपश्चिमले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

कैलाली : नेकपा एमालेले सुदूरपश्चिममा बागी बनेका उम्मेदवारहरुलाई कारबाही गरेको छ। पार्टीले आधिकारिक टिकट दिएका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएकालाई एमालेले निष्कासन गरेको हो। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी सहित पाँच जना नेतालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको प्रदेश कमिटीले विज्ञप्ति मार्फत जानकारी दिएको…

एमाले सुदुपश्चिमद्धारा पाँच बागी उम्मेदवार कारवाहीमा

धनगढी– नेकपा एमाले सुदूरपश्चिम कमिटीले पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको प्रेस विज्ञप्तिमार्फत जनाईएको छ । । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्ति अनुसार प्रदेश कमिटी […]

सुदूरपश्चिममा बागी उठेका ५ एमाले नेता पार्टीबाटै निकालिए

धनगढी :  नेकपा एमाले सुदूरपश्चिमले पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट निष्कासन गरेको छ।सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्धय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरनेगरी निष्कासन गरिएको हो। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार प्रदेश कमिटि सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द

एमाले अछामले गर्‍यो बागी उम्मेदवारसहित १४ जनालाई पार्टीबाट निष्कासन

अछाम – स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएको भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ । साँफेबगर नगरपालिका–६ मा वडाध्यक्षका बागी उम्मदेवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहनेगरी निष्कासन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वार हस्ताक्षरित […]

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैर कानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज (आइतबार) सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतमा पटक पटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको […]

सुदूरपश्चिममा एमाले झगडा : सपथ खाँदाखाँदै पार्टीबाट निष्कासन

पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका एक नवनियुक्त र दुई निवर्तमान मन्त्रीलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रीमण्डलमा समावेश गरेका प्रकाश शाहले सपथ लिँदै गर्दा उनीसहित निवर्तमान मन्त्री कृष्ण सुवेदी र माया भट्टलाई प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेका हुन् । उनीहरुलाई बिहीबार स्पष्टीकरण सोधिएको थियो । संसदीय दलका नेता समेत रहेका शाह शुक्रबार आर्थिक माम

नेपाल र खनालसहित ११ नेता पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित

नेकपा एमालेले वरिष्ठ नेतामाधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ।

'फ्लोर क्रस' गरेका चार सांसद पदमुक्त गर्ने पत्र दर्ता

काठमाडौं। फ्लोर क्रस गरेका चारजना सांसदलाई प्रदेशसभा सदस्यबाट नेकपा एमालेले निष्कासन गरेको छ। प्रदेशसभामा निष्कासनको पत्र दर्ता गरिएको छ। पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। सरकारमा प्रकाश ज्वालाबाहेक तीनैजना मन्त्री छन्। वैशाख १० गते बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सांसद र पार्टीको साधारण सदस्य नहुने गरी निष्कासन गर्ने निर्णय गरेको थियो।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी ओलीलाई निष्कासन

नागरिक दैनिकले नेकपा दुई समूहका विभाजित भएपछि प्रचण्ड नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको खबर छापेको छ । आइतबार बसेको सो समूहको स्थायी समिति बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाएको हो । प्रचण्ड–नेपाल समूहको माघ २ गते बसेको बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर बालुवाटारमा बुझाइएको थियो । तर त्यसको जबाफ नदिएको भन्दै ओलीलाई आइतबार कारबाही भएको हो ।