राजीनामा दिएर चर्चामा आएका वडाअध्यक्ष डेढ महिनामा फर्किए काममा

रुपन्देही । डेढ महिनाअघि आफ्नै पार्टीबाट नगर प्रमुख जितेका मेयर तथा उपमेयरले बनाएको बजेटमा असन्तुष्टि जनाउँदै वडाअध्यक्षबाट राजीनामा बुझाएर चर्चामा आएका दाङको घोराहीका एक वडाअध्यक्ष डेढ महिनामा पुनः काममा फर्किएका छन् । घोराही उपमहानगरपालिका वडा नं ८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका हुन् । उनले बिहीबारबाट काम थालेका हुन् । अध्यक्ष पदबाट राजीनामा […]

सम्बन्धित सामग्री

मधेशकी एक्ली दलित वडाध्यक्ष

सर्लाहीको बरहथवा नगरपालिका–१० की वडाअध्यक्ष शर्मिला घरभित्र बुहारी र घर बाहिर जनप्रतिनिधिको भूमिकामा उभिनुपर्छ । घर–व्यवहार उनको बाध्यता हो, समाजसेवा रहर । उनले रहरले गर्ने काममा लगनशीलता देखाएकी छन्, आफ्ना मतदातालाई खुसी राख्ने कोसिस गरेकी …

आधुनिक कृषि यन्त्रको बढ्दो प्रयोगले हट्यो दाइँ लगाउने चलन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का ६६ वर्षीय पर्शुराम डगौरालाई बिहानै उठेर गोरुको सहायताले दाइँ लगाउनु पर्ने झन्झट छैन । ट्रयाक्टर, पावर टिलर लगायतका कृषि कार्यमा प्रयोग हुने यन्त्र र उपकरणले काममा सहज बनाइदिएपछि डगौरालाई गोरुको दाइँ लगाउनुपर्ने झन्झट नभएको हो । ‘दुई तीन महिना लगाएर धान, गहुँ दाइँ (गहनी) लगाउनुपर्ने कार्य विगत भइसक्यो,’ उनले भने, ‘दुई महिनासम्म गोरु जुटाएर गरिने दाइँ अब लगाउँदैनौं, एक दुई घण्टामै थ्रेसरको सहायताले धान, गहुँ, मसुरो, तोरी लगायतको बाली थ्रेसिङ गरी भित्र्याउने गरिन्छ ।’ कृषिमा आधुनिक यन्त्र र उपकरणको प्रयोग हुन थालेपछि गोरु, राँगाको सहायताले दाइँ लगाउनुपर्ने चलन हटेको उनले बताए ।  ‘बिहान कुखुराको डाँकमै दाइँ लगाउनका लागि पुरुषले उठनु पर्दथ्यो, महिलाहरू ढिकीमा धान कुट्नका लागि उठ्ने गर्दथे,’ सोही ठाउँका रामबहादुर डगौराले भने, ‘विगतको जस्तो कष्ट अब छैन, धान कुट्न ‘राइसमिल’मा जान्छौं, दाइँको कार्य आधुनिक थ्रेसरले गर्न थालेपछि किसानलाई खेती गर्न सहज भएको छ ।’  उनका अनुसार गहुँ, मसुरो खेतमा छरेपछि बढी जग्गा हुनेले चार–पाँच जोडी गोरु, राँगा जुटाएर तीन चार महिनासम्म आँगनमा राखिएको धानमा दाइँ लगाउने गर्दथे । थोरै जग्गा हुनेसँगै एकै जोडी गोरु तथा राँगा हुने भएकाले त्यसकै सहयोगमा एक महिना बढी समय लगाएर दाइँ लगाउँथे । ‘दिनभर दाइँ लगाउथ्यौं,’ उनले भने, ‘ककटी (परालको भूस)मा मकै भुटेर खाथ्यौं, परालभित्रै सुत्ने, दाइँ लगाउने गोरुलाई माली (रस्सीले एक अर्कालाई बाँध्ने) लगाइ दाइँ लगाउथ्यौं ।’ दाइँ लगाउने क्रममै परालको पिर्का बुन्ने कार्य पनि हुने गरेको उनले सुनाए ।  ‘दाइँ लगाउँदै थाकेकाहरूले कुवाको पानी चिसो बनाउनका लागि माटोका गाग्रीमा राख्थे,’ स्थानीय रामकिसन डगौराले भने, ‘त्यसैबाट पिउँथे । केहीले सिधै कुवाबाट पानी निकालेर खाने गर्दथे ।’ ती सबै चलन आधुनिक परिवेशसँगै हराएको उनले बताए ।  दाइँका लागि प्रयोग हुने गोरु, राँगाको खुट्टाले धान, गहुँ, मसुरो लगायतको अन्नबाली झार्ने गरिन्थ्यो भने माथिल्लो हिस्साको अन्नबाली झारिएपछि काठमा फलामको प्रयोग गरी बनाइएको अखैनको प्रयोगले पराल, गहुँको डाँठमा अड्केका दानालाई झार्ने कार्य हुन्थ्यो । केहीले त्यो कार्यका लागि बाँसबाट बनेको अखैन प्रयोगमा ल्याउने गरेका थिए । झारेको अन्नलाई एक ठाउँमा थुपार्दै नझरेको अन्नलाई झार्नका लागि अखैनको सहायतले पुनःआँगनमा फिजाएर दाइँ लगाउने गरिन्थ्यो । त्यो क्रम डाँठबाट अन्न नझर्दासम्म जारी रहन्थ्यो । ‘पहिले घर–घरमा गोरु, राँगा दाइँ लगाउन, खेत जोत्न, गाडा गुडाउने लगायतका कार्यका लागि पालिने गरिन्थ्यो,’ शुक्लाफाँटा–३ का वडाअध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘एक दशकयतादेखि गोरु, राँगा पाल्ने कार्यसँगै कार्यमा लगाइने कार्यमा निकै कमी आएको छ, त्यसको ठाउँ ट्रयाक्टर, पावर टिलरलगायतले लिएका छन्, गोरु राँगा पाल्ने किसानको सङ्ख्या थोरै मात्र रहेको छ ।’  दुर्गम क्षेत्रका विपन्न बस्तीहरूमा भने पुरानै दाइँ लगाउने चलन भने विद्यमान रहेको उनले बताए । जिल्लाका ९० प्रतिशतभन्दा बढी किसानले अन्न बाली स्याहार्न, चुट्न, सफा गर्नका लागि कृषियन्त्र र उपकरणकै प्रयोग गर्ने गरेका छन् । महिनौं लगाएर हुने काम एक दुई घण्टामै हुन थालेपछि परम्परागत रूपमा चल्दै आएको दाइँ लगाउने कार्य हट्दै गएको स्थानीय किसानको भनाइ छ । किसानका लागि कृषि ज्ञान केन्द्र, कृषि निर्देशनालय र पालिकामा रहने कृषि विकास शाखामार्फत कृषि यन्त्र र उपकरण अनुदानमा उपलब्ध हुन थालेपछि किसानले गोरु तथा राँगा पाल्न छाडेका हुन् । रासस

नागबेली झारले बजार नपाएपछि गाउँले निराश

पर्वत । कुनै समय वनमा खेर गइरहेको नागबेली झार विक्री गरी मनग्ये आम्दानी गरेका यहाँको विकट गाउँका बासिन्दा अहिले निराश छन् । सामुदायिक वनमा प्रशस्त मात्रामा पाइने झार विक्री हुन छाडेपछि स्थानीय निराश बनेका हुन् । जिल्लाको जलजला गाउँपालिका–९ बनौ, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा तथा मोदी गाउँपालिका–१ भुकताङ्ले र वडा नं ४ क्याङमा यो झार प्रशस्त मात्रामा पाइन्छ । नागबेली झारबाट उत्पादित पाउडर विभिन्न देशले आयात गर्न थालेपछि उत्साहित बनेका उपभोक्ता पछिल्लो दुई वर्षयता विदेशी कम्पनीहरू सम्पर्कमा नआएपछि निराश बनेका छन् । उपयोगिता बुझ्दै गएपछि केही वर्ष सामुदायिक वनसँग आबद्ध उपभोक्ताहरूले सामूहिक रूपमा नागबेली संकलन गरी विक्री वितरण गरे पनि हिजोआज विक्री हुन छाडेको छ । अहिले लाखौं मूल्यको यो झार वनमै कुहिएर जान थालेको मोदी गाउँपालिका–४ का अगुवा कृषक नरसिंह पुनले बताए । स्थानीय स्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाललगायत नाममा परिचित यस झारलाई विगतका समयमा विवाह व्रतबन्धलगायत कार्यहरूमा गेट सजाउने कामबाहेक अन्य काममा उपयोग हुन पाएको थिएन । त्यही झारको कोसाबाट विभिन्न शृंगारका सामग्रीहरू बन्ने थाहा पाएपछि स्थानीयले चार वर्षसम्म राम्रो आम्दानी लिन सफल भएका थिए । स्थानीय कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार अहिले विक्री हुन छाडेपछि संकलन गर्न पनि छाडिएको छ । मोदी–४ क्याङका तीन ओटा सामुदायिक वन समूहले छुट्टाछुट्टै समूहमा नागबेली कोसा संकलन गर्ने गरेका थिए । यसरी संकलन गरिएको कोसा घाममा सुकाएर प्रशोधन गरी पाउडर बनाएर विक्री गरिने पुनले बताए । पुनका अनुसार पाँच वर्षअघि लोहोसे सामुदायिक वन उपभोक्ता समूह खुइजुरीबाट २०० किलो र छहेरे तथा कमेरा पाखा वन समूहबाट १५० किलो पाउडर उत्पादन गरी विक्री गरिएको थियो । चिसापानी वन समूह लेस्पारले भने कोसा नै विक्री गरेको थियो । यसरी विक्री गर्दा प्रतिकिलो रू. ७०० देखि ८०० सम्म रकम आम्दानी हुने गरेको थियो । विभिन्न देशमा निर्यात हुने नागबेली झारको कोसाबाट निस्कने मसिनो पाउडरबाट कण्डम, ग्लोभ्स तथा ब्युटीपार्लरका सामग्री उत्पादन हुने भएकाले माग बढ्दै गएको थियो । जलजला–९ बनौका वडाअध्यक्ष गौबहादुर पुनले नागबेली झारको विक्री केही वर्षसम्म राम्रो भए पनि अहिले भने माग नआएको बताए । डिभिजन वन कार्यालय पर्वतका अनुसार पर्वतमा रहेको नागबेली झारबाट १० टनभन्दा बढी पाउडर उत्पादन गर्न सकिन्छ । नागबेली झारको कोसा संकलनका लागि सामुदायिक वन उपभोक्ता महासंघमार्फत डिभिजन वन कार्यालयबाट वन समूहले निकासीका लागि अनुमति लिनुपर्ने प्रावधान थियो । रासस

चार करोड हात पार्न नक्कली नाता

बुटवल । भूमाफियासँग मिलेर जग्गा नामसारीका लागि जनप्रतिनिधिले किर्ते काम गरेको पाइएको छ । जग्गाको मुआब्जाबापतको करिब चार करोड रुपैयाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको भेटिएको छ । नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारीसमेत संलग्न भएको पाइएको छ । रुपन्देहीको सिद्धार्थनगर […] The post चार करोड हात पार्न नक्कली नाता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चार करोड मुआव्जा हात पार्न जनप्रतिनिधिले गरे किर्ते काम

बुटवल । भूमाफियासँग मिलेर जग्गा नामसारीका लागि जनप्रतिनिधिले किर्ते काम गरेको पाइएको छ । जग्गाको मुआब्जाबापतको करिब चार करोड रुपैयाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको भेटिएको छ । नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारीसमेत संलग्न भएको पाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका […] The post चार करोड मुआव्जा हात पार्न जनप्रतिनिधिले गरे किर्ते काम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आफैं बिरामीलाई अस्पताल पुर्याउदै वडाअध्यक्ष

रौतहट । कतिपय जनप्रतिनिधिहरुलाई कोभिड संक्रमित बिरामीको वास्ता नगरिरहेको आरोप लागिरहेको बेलामा रौतहटका एक वडा अध्यक्ष भने आफै गाडी चलाएर धमाधम बिरामी ओर्सान काममा सक्रिय छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं २ का अध्यक्ष दुत्त बहादुर थिगंले आफैले एम्बुलेन्स चलाएर बिरामी ओसारेका हुन् । कोभिडको आसंका र ज्वरो आएका बिरामीहरुलाइ वडा अध्यक्ष थिंगले आफैले […] The post आफैं बिरामीलाई अस्पताल पुर्याउदै वडाअध्यक्ष appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

वडाअध्यक्ष बानियाँ : सरकारी सुविधा लिँदैनन्, पारिश्रमिक बाँड्छन्

५ चैत्र, हेटौंडा । जनप्रतिनिधि निर्वाचित भएपछि सरकारबाट आएको सुविधा सामाजिक काममा खर्चने कमै भेटिन्छन् । तर, हेटौंडा उपमहानगरपालिका-५ का वडाअध्यक्ष राजेश बानियाँले भने आफ्नो पारिश्रमिक मतदाताकै लागि खर्च गर्ने गरेका छन् । चुनावी अभियानकै बेला सरकारी सुविधा मतदातालाई नै खर्चिने बाचा गरेका उनले निर्वाचन भएको ३ वर्ष पुग्दा उपमहानगरको शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा […]

https://nagariknews.nagariknetwork.com/social-affairs/236671-1591731287.html

म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ को जनप्रतिनिधि (वडाअध्यक्ष) हुँ । कोरोना भाइरसको महामारीका कारण जब लकडाउन घोषणा भयो, त्यसपछि म आफ्नो वडाभित्र रहेका अति गरिब तथा विपन्न परिवारलाई राहत वितरणको काममा खटिएँ । हामी कोरोनाविरुद्ध अभियानमै रहेका बेला भारतमा अलपत्र परेका हाम्रै गाउँपालिकाभित्रका दाजुभाइ घर फर्किन थाल्नुभयो ।