सर्लाहीको बरहथवा नगरपालिका–१० की वडाअध्यक्ष शर्मिला घरभित्र बुहारी र घर बाहिर जनप्रतिनिधिको भूमिकामा उभिनुपर्छ । घर–व्यवहार उनको बाध्यता हो, समाजसेवा रहर । उनले रहरले गर्ने काममा लगनशीलता देखाएकी छन्, आफ्ना मतदातालाई खुसी राख्ने कोसिस गरेकी …
पाेखरा – दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका- २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ। मङ्गलबार सुरु भएको महानगरपालिकाको १२औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले आफ्नै वडासदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन्। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहनुभएको […]
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सोही वडाकी दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ ।
वडाध्यक्ष अधिकारीले दलित महिला
धनगढी । बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ । बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको […]
१३ जेठ,रोल्पा । तत्कालिन नेकपा माओवादीले आफ्नो नेतृत्वमा भएको सशस्त्र युद्धलाई जातीय उत्पीडन विरुद्धको विद्रोह भन्थे । यही विद्रोहमा दलित मुक्तिको सपना देखेर युद्धमा होमिए दलित युवा । अहिले शासन व्यवस्था फेरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता २ पटक स्थानीय तहको निर्वाचन भइसकेको छ । परिवर्तनमा जीवन दान गर्ने दलित स्थानीय […]
लमजुङ – लमजुङको ८ स्थानीय तहमा एक जनामात्रै दलित उम्मेदवार निर्वाचित भएका छन्। जिल्लाको राइनास नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा शंखबहादुर सार्की निर्वाचित भएका हुन्। शंखबहादुरले ५ सय ९९ मत ल्याएर वडाध्यक्ष जिते। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रञ्जित कुमालले ३ सय ८५ मत ल्याए। राप्रपाका शिवराज पोख्रेलले १० मत प्राप्त गरे। वडाध्यक्षमा उठेका […]
काठमाडौं : पाल्पाको माथागढी गाउँपालिका ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगर विजयी भएका छन्।ढेंगामगर ४१० मत ल्याएर वडाध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३३४ मत ल्याए।महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ।
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका– १० का वडाध्यक्ष दल बहादुर विष्टले आफ्नो ५ वर्षको पारिश्रमिकबाट सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरमा अध्यनरत जेहेन्दार, दलित, महिला तथा गरीब विद्यार्थीका लागि अक्षय कोष स्थापना गर्नुभएको छ । विद्यालयको वार्षिक उत्सव कार्यक्रममा वडाध्यक्ष विष्टले आफूले अध्ययन गरेको विद्यालयलाई सकेसम्म सहयोग गर्ने बताउँदै तलब भत्ता र थप २ लाख गरेर […]
दाम्लोले बाँधेर दलित युवामाथि कुटपिट गरेको भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरेको छ ।
स्थानीय दलित युवा सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि कारवाहीको माग उठेको थियो ।
वडाध्यक्ष नेपालीलाई पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याउन लागिएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) खुमानन्द पाण्डेले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष नेपालीविरुद्ध जाहेरी प्राप्त नभएपनि प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान अगा...
जुम्ला -दलित युवामाथि जातीय विभेद गर्ने वडाध्यक्षका छोरा पक्राउ परेका छन् । जुम्लाको सिंजा गाउँपालिका–६ का अध्यक्ष कालीबहादुर बुढाका छोरा नवीन बुढा पक्राउ परेका हुन् । वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढाले सोही गाउँ कै दलित युवा विवेन्द्र नेपालीमाथि वडा कार्यालय मै जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढाका छोरा नवीन बुढा पक्राउ परेका […]