अर्कैको जग्गामा भूमाफियाको चलखेल : चार करोड मुआव्जा हात पार्न जनप्रतिनिधिले गरे किर्ते काम

बुटवल – भूमाफियासँग मिलेर जग्गा नामसारीका लागि जनप्रतिनिधिले किर्ते काम गरेको पाइएको छ। जग्गाको मुआब्जाबापतको करिब चार करोड रुपैयाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको भेटिएको छ। नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारीसमेत संलग्न भएको पाइएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर […]