वित्तीय सुशासन र विद्युतीय शासन नागरिक र सरोकारवालासँग जोडिएका महत्वपूर्ण विषयहरू हुन् । कर तिर्ने करदाता र सहयोग गर्ने दातृ पक्ष एक–एक पैसाको पारदर्शी तवरले समयमै सूचना लिन चाहन्छन् । नेपालमा सरकारी आर्थिक कारोबारको बजेटिङ, लेखाङ्कन र प्रतिवेदनका लागि विभिन्न सफ्टवयेरहरू (मन्त्रालयगत सूचना व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली, राजस्व व्यवस्थापन सूचना प्रणाली, कम्प्युटराइज्ड सरकारी लेखा प्रणाली) प्रयोग भइरहेकोमा नेपालको संविधान जारीपछि तीन तहका सरकार गठन भए ।