उद्योग बचाउन चुनौती

रुपन्देहीका उद्योगीले उद्योग व्यवसाय जोगाउन कठिन भएको बताएका छन् । विश्व आर्थिक मन्दीको प्रभाव, बैङ्कको चर्को ब्याज, स्वदेशी उद्योगलाई प्रोत्साहनको अभाव र जग्गा भाडा वृद्धि लगायतका कारण उद्योग बचाउनै चुनौती रहेको बताउनुभएको हो । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घको २१औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका कार्यवाहक अध्यक्ष एजाज आलमले अहिले उद्योगीको अनुहारमा हाँसो हराएको चर्चा गर्दै उद्योग बचाउन चुनौती रहेको बताउनुभयो । उहाँले बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योग सञ्चालनका लागि व्यवस्थापन लिमिटेडले लिने गरेको भाडा महँगो

सम्बन्धित सामग्री

आफ्नालाई बचाउने र अन्यलाई फसाउने प्रयासको गन्ध आयो : रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले सरकार आफ्नालाई बचाउन र अरूलाई फसाउन मात्र भ्रष्टाचारका फाइल खोलेको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधिसभामा बैठकमा धारणा राख्दै उनले अब अन्य भ्रष्टाचारको फाइल खोल्ने भए आफू र आफ्नो पार्टीको सांसदहरूबाट सुरु गर्न चुनौती पनि दिए। बालकुमारी घटनामा छानबिन समितिको प्रतिवेदनले दोषी देखाएको यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त नगरेको भन्दै सांसद लामिछानेले आपत्ति जनाए।  ‘बालकुमार

छाला र अनुहारको हेरचाह उमेर अनुसार गर्नुपर्छ

काठमाडौं -जाडो मौसममा छालाको हेरचाह गर्न जटिल हुन्छ । छालाको हेरचाह जति गर्‍यो, त्यति आफ्नो निखारता र सुन्दरता पनि बचाउन सकिन्छ । तर जाडोमा छालाको सुरक्षा गर्न चुनौती पनि छ । जाडोको समयमा हाम्रो छालाको हेरचाह कसरी गर्ने ? यसै विषयमा आधारित रहेर छाला रोग विशेषज्ञ डा. राजन ताझ्यासँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश […]

युक्रेनको आक्रमणसँगै रुसी राष्ट्रपतिले गरे सुरक्षा अधिकारीसँग छलफल

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घरेलु सुरक्षा विषयमा शीर्ष अधिकारीसँग छलफल गरेका छन्।युक्रेनले सोमबार ड्रोन आक्रमण गरेपछि राष्ट्रपति पुटिनले सुरक्षा परिषद्को बैठक बोलाएर राज्यको सुरक्षा सुनिश्चित गर्ने विषयमा छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।पछिल्लो पटक गरिएको युक्रेनी ड्रोन आक्रमणले देशको लागि चुनौती खडा गरेको रुसको निष्कर्ष छ।सञ्चारकर्मीसँग कुरा गर्दै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अधिकारीहरूले युक्रेनको आक्रमणबाट देशलाई बचाउन आवश्यक उपाय अवलम्बन गरिर

पोल्याण्ड र फ्रान्सका गोलरक्षकका लागि विशेष दिन

१८ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा आइतबार राति फ्रान्स र पोल्याण्ड आमने सामने हुँदा प्रतिष्ठित दुई गोलरक्षक चुनौती र अवसरको दोसाधमा हुनेछन् । चार वर्षअघि रुसमा फ्रान्सले विश्वकप जित्दा कप्तानका रुपमा ट्रफी उचालेका गोलरक्षक ह्यूगो लोरिसले आजको खेलमार्फत राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने कीर्तिमान बराबर गर्नेछन् । अर्कोतिर पेनाल्टी बचाउन […]

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले विज्ञापन बिक्रीमा ठूलो गिरावटको सामना गरिरहेको छ ।विज्ञापनको बिक्री घट्दा कम्पनीको आम्दानीमा पनि प्रत्यक्ष असर परेको छ । जसमा ऐतिहासिक गिरावट आएको छ । मेटाको कुल राजस्व एक प्रतिशतले घटेर २८.८ अर्ब डलर भएको छ ।यद्यपि, कम्पनी आफ्ना प्रयोगकर्ता बचाउन सफल भएको छ । टिकटक जस्ता प्रतिस्पर्धीहरूले निश्चित रूपमा यसको लोकप्रियतालाई चुनौती दिएको छ वा कम गरेको छ ।यसका साथै धेरै कम्पनीले विज्ञापनको खर्चका लागि प्रतियोगितामा छन् । मेटाले ग्लोबल एड मार्केटको २० प्रतिशत

प्रचार अभावले ओझेलमा कृष्णसार संरक्षण क्षेत्र, कृष्णसार बचाउन पनि चुनौती

बर्दिया जिल्लाको खैरापुर लोपोन्मुख कृष्णसारको प्राकृतिक एवं स्थायी बासस्थान हो । लोपोन्मुख कृष्णसारको प्राकृतिक बासस्थान रहेको एसियाकै एक मात्र स्थान भए पनि प्रचारप्रसारको अभावमा यहाँ पर्यटकीय गतिविधि निकै न्यून छ । अर्कातर्फ कृष्णसारको संरक्षणमा पनि चुनौती छ । कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुर गुलरिया बर्दियाको गणना अनुसार अहिले यहाँ १६५ कृष्णसार छन्, तिनमा ४१ भाले र १२२ पोथी तथा २ बच्चा रहेको तथ्यांक छ । लोपोन्मुख कृष्णसार पाइने एक मात्र ठाउँ भए पनि पर्यटक आवागमन निकै न्यून रहेको रेञ्जर आशिष त्रिपाठीले ब...

अफगानिस्तानका दशौं लाख नागरिक बचाउन अपिल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन्। दशौँ लाख अफगानी नागरिकलाई बचाउन अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताएका छन्।उनले भने, ‘अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ।’हाम्रा प्रयासहरूबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उनले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन

सरकार नयाँ चुनौती पुरानै

अहिले अर्थराजनीतिका दुईओटा कुरामा बढी चर्चा र चासो छ । पहिलो, सत्ता राजनीतिमा आएको उतारचढाव र यसबाट पर्ने दूरगामी असर । दोस्रो, कोरोना महामारीले अर्थसामाजिक दैनिकीमा पारिरहेको प्रभाव र यसको निकास । कोरोना महामारी केही नियन्त्रणमा आएको र सत्ता राजनीतिमा देखिएको गतिरोधले निकास पाएकाले सरोकारका क्षेत्रमा स्वाभाविक रूपमा केही आशाको सञ्चार भएको छ । खोपको सहज उपलब्धता, कोरोना प्रतिरोधी क्षमताको विकास र अर्थतन्त्रमा परेको असरको पुनरुत्थानका निम्ति प्रोत्साहनमूलक योजनाको प्रभावकारी कार्यान्वयन अहिलेका लागि निकासको बाटो हो । करीब डेढ वर्षदेखि कोरोना महामारीको विपद् र त्यसै समय सेरोफेरोमा शुरू भएको सत्ता राजनीतिको आन्तरिक किचलोले जनताका खास सरोकार नराम्ररी गिजोलिन पुगे । सत्तासीन राजनीतिको आन्तरिक झगडाको मार जनताको दैनिकीले भोग्नुपर्‍यो । जनता कोरोनाको उपचारका निम्ति अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटर नपाएर ज्यान गुमाइरहँदा जनताको आडभरोसा बन्नुपर्ने सत्ता सञ्चालकहरूले कुर्सी फुत्काउने र जोगाउने रस्साकस्सीमा समय बिताए । यसले जनताको दैनिकीदेखि आर्थिक र सामाजिक सरोकारले चरम सकस झेल्नुपर्‍यो । सत्ता जोगाउन विधि र प्रक्रियामाथि जुन हिसाबले प्रहार भयो, त्यसबाट सत्ता सञ्चालकको ध्यान जसरी पनि शक्तिमा टिकिरहने भन्नेबाहेक अन्य केही प्रतीत भएन । महामारीका बेला सरकारको ध्यान जनताको ज्यान जोगाउन होइन, कुर्सी बचाउन एकोहोरियो । परिणाम, कोरोना संक्रमणको जटिलताभन्दा पनि उचित उपचार नपाएर पनि कैयौंले ज्यान गुमाए । जे होओस्, यतिखेर सर्वोच्च अदालतको आदेशबाट राजनीतिक अन्योलले निकास पाएको छ । यो स्थिरतालाई कसरी अर्थसामाजिक क्षेत्रमा देखिएका समसामयिक जटिलताहरूको समाधानमा केन्द्रित गर्न सकिन्छ भन्ने नै अहिलेको मुख्य उद्देश्य र कार्यभार बन्नुपर्छ । अन्योलपूर्ण राजनीतिले निकास पाइसकेको छ । अब कोरोना महामारीको नियन्त्रण र यसले आर्थिक र सामाजिक आयामहरूमा पारेको गम्भीर क्षतिको पुनरुत्थान कसरी गर्ने ? सरकार र सरोकारका पक्षको मुख्य ध्येय यही हुनुपर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप दिनु रहेको बताउनुभएको छ । उहाँको सरकार बनेपछि खोप अभियान र आपूर्तिले तीव्रता पाएकाले यसमा आशावादी हुने आधार पनि देखिएको छ । यसलाई सकारात्मक मान्नुपर्छ । कोरोना महामारी नियन्त्रणको एकमात्र उपाय खोप नै भएकाले सबै नागरिकलाई खोप दिएर सुरक्षित बनाउनुको अन्य विकल्प छैन । खोपको बलमा कोरोनालाई कमजोर तुल्याउनु नै जनतालाई कोरोनाबाट सुरक्षित राख्नु हो । करीब कोमाउन्मुख भइसकेको अर्थतन्त्रलाई उकास्ने आधार निर्माण गर्नु पनि हो । अहिले मानिस रोग र भोकबाट ग्रस्त छ । यस्तो अवस्थामा खोप रोगविरुद्ध लड्ने उपाय हो भने दैनिकीलाई सुचारु बनाउनु र यसको बलमा अर्थतन्त्रको पुनरुत्थान भोकबाट जोगिने उपाय हो । यस कारण अहिलेको मूल प्राथमिकता खोप र कोरोनाबाट धराशयी हुने अवस्थामा पुगेका आर्थिक सरोकारहरूलाई माथि उकास्नु हो । अहिले दिनचर्या खकुलो हुँदा यस्ता गतिविधिले गति लिने क्रममा भए पनि संक्रमणको जोखिम टरिसकेको छैन । पछिल्ला दिनहरूमा मापदण्डको स्वास्थ्य सतर्कता र सावधानीको पालनामा लापरबाही देखिएको छ । यसको परिणाम संक्रमित संख्यामा देखा परिसकेको छ । २/४ दिन यता कोरोना संक्रमित र मृतकको संख्या पुनः बढ्न थालेको छ । यसकारण आर्थिक सामाजिक दिनचार्यालाई लयमा लैजान र यसलाई खकुलो गर्दा अपनाउनुपर्ने सतर्कतामा सर्वसाधारण आफै सचेत र जिम्मेवार बन्न पनि उत्तिकै आवश्यक देखिएको छ । खोपको सहज उपलब्धता, कोरोना प्रतिरोधी क्षमताको विकास र अर्थतन्त्रको परेको असरको पुनरुत्थानका निम्ति प्रोत्साहनमूलक योजनाको प्रभावकारी कार्यान्वयन अहिलेका लागि निकासको बाटो हो । सरकारी तथ्यांकले नेपाललाई ४ करोड ३० लाख मात्रा खोप आवश्यक पर्ने देखाएको थियो । अहिलेको उपलब्धता र तयारी हेर्दा १ करोड मात्राको व्यवस्थापन भइसकेको अनुमान गर्न सकिन्छ । भर्खरै सत्तामा आएको नेतृत्वले खोपमा देखाएको सक्रियता र प्रतिबद्धता सराहनीय छ । विगतका कमीकमजोरीबाट पाठ सिक्दै खोप अभियानलाई तीव्र बनाउनुपर्छ । उदाहरणका लागि ४ महीनाअघि खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा बढी उमेरसमूहका साढे १३ लाख नागरिकले दोस्रो मात्रा पाएका छैनन् । दोस्रो मात्रा निश्चित नगरी अभियान चलाउँदा अहिले ती नागरिकको स्वास्थ्य जोखिममा धकेलिएको छ । सरकारको भर पर्दा ज्यान नै जोखिममा पर्ने देखिएपछि तीमध्ये कतिपयले आफ्नै स्रोत सम्पर्कबाट खोपको दोस्रो मात्रा लिएको भन्ने कुुराहरू पनि सुनिएका छन् । विगत सरकारको कमजोरीका कारण नागरिकले आफ्नो स्रोत उपयोग गरेर कुनै पनि तरीकाले खोप लगाए भने त्यो सरकारका लागि एक प्रकारको सहुलियत नै हो । अब सरकारले ती नागरिकले लगाएको खोपको मात्रालाई अध्यावधिक गरी रेकर्डमा राख्नुपर्छ । यसो गर्दा उनीहरूले बाह्य स्रोतबाट लगाएको खोपले आधिकारिकता पाउँछ भने त्यतिबेला खोप लगाएकालाई दोस्रो मात्रा दिन कति खोपको खाँचो छ भन्ने अनुमान गर्न सरकारलाई सहज हुन्छ । भुक्तानी दिएर आपूर्ति नभएको १० लाख मात्रा खोप उपलब्ध गराउन अब यो सरकारले भारतसित तत्काल प्रभावकारी पहल अघि बढाउनुपर्छ । विगतमा स्थानीय एजेन्टको कमिशनको चक्करमा खोप आपूर्ति नै अवरुद्ध भएका खबर आएका थिए । जनताको जीवनसित जोडिएको विषयमा त्यस्ता प्रयासहरूको पुनरावृत्ति नहोओस् भन्नेमा यो सरकार चनाखो हुनुपर्छ । भारत आफै खोप आपूर्तिमा समस्यामा परेकाले यतिखेर भारतको भर परेर हुँदैन । र, अनुदानको आश पालेर पनि हुँदैन । अन्य देशसित जीटुजी र बीटुबी प्रक्रिया अगाडि बढाएर आपूर्तिलाई सहज बनाउनुपर्छ । यसमा निजीक्षेत्रलाई मापदण्ड तोकेर सहभागी गराउने हो भने सरकारका लागि स्रोत र साधनको दबाब पनि कम हुन्छ । संयुक्त राष्ट्रसंघले कोरोनाको पहिलो लहरमै यसबाट विश्वभरका ५० करोड मानिस गरीबीको रेखामुनि धकेलिने बताएको थियो । यो महामारीलाई बितेको ३ दशकमै सबैभन्दा बढी गरीबी बढाउने महामारीका रूपमा लिइएको थियो । हाम्रा लागि यो वैदेशिक रोजगारीमा संकट र आन्तरिक उद्योग, व्यापार, कृषि, पर्यटन क्षेत्रमा संकटको कारण मानिएको थियो । यसबाट मानवीय जीवन र संवेदनामा पर्ने क्षतिको गणना आँकडामा सम्भव हुन सक्दैन । हुन त कोरोनायता विप्रेषणको आय जति कमी आउने अनुमान गरिएको थियो, त्यो तहसम्म असर पुगेको देखिँदैन । यसअघि नै अन्तरराष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्र मन्दी उन्मुख भएको बताएको थियो । विज्ञहरूको भनाइलाई आधार मान्ने हो भने कोरोना महामारी अझै २/४ वर्ष कुनै न कुनै स्वरूपमा रहिरहनेछ । अब हामी कोरोनासँगै हिँड्ने अभ्यासमा लाग्नुको विकल्प छैन । अन्तरराष्ट्रिय श्रम संगठनले विश्वभर १ अर्ब २५ करोड मानिसको रोजगारी प्रभावित हुने प्रक्षेपण यसअघि नै गरेको थियो । नेपाल राष्ट्र बैंकले केही समयअघि गरेको एउटा अध्ययनले नेपालमा औपचारिक र अनौपचारिक क्षेत्रमा ३६ लाख रोजगारी संकटमा परेको देखाएको छ । वर्षमा करीब ५ लाख नयाँ श्रमशक्ति श्रम बजारमा आउने नेपालका लागि यो गम्भीर चुनौतीको विषय हो । एशियाली विकास बैंकले नेपालमा कृषिजन्य वस्तुको उत्पादनमा कमी, आन्तरिक माग र खपतमा कटौती, विकास निर्माणका कामका गतिरोधजस्ता नकारात्मक प्रभावलाई कोरोनाकालमा अर्थतन्त्रका अवरोध भनेको छ । उद्योग, व्यापार, पर्यटन, कृषिलगायत आर्थिक सरोकारलाई चलायमान बनाएर आय आर्जनका अवसरको पुनर्बहाली गरिनुपर्छ । कृषि अहिले पनि अर्थतन्त्रको मुख्य अंश हो । कोरोनाका कारण यो क्षेत्र नराम्ररी प्रभावित छ । यो संकटलाई अवसरमा बदल्ने हो भने कृषिलाई व्यावसायिक बनाउने मौका बन्न सक्छ । अनुमान गरौं, निर्वाहमुखी भएर पनि अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिएको कृषिलाई व्यावसाकितासित जोड्न सकियो भने त्यसले अर्थतन्त्रका कस्तो परिवर्तन ल्याउला ? आन्तरिक उत्पादन, आपर्ति, बजार र उपभोगलगायत उपक्रमहरू कोरोनाबाट ग्रस्त छन् । सरकारले यी क्षेत्रको पुनरुत्थानमा विशेष योजना ल्याउनुपर्छ । हालैमात्रै निजीक्षेत्रका संघसंस्थाले कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतबराबर प्रोत्साहन योजना ल्याउन सरकारलाई सुझाएको थियो । कोरोनाकालमा सरकारले महत्त्वाकांक्षी र तत्काल लाभ दिन नसक्ने योजनाहरूलाई थाति राखेर भए पनि यस्ता कार्यक्रममा जोड दिनुपर्छ । यसले अर्थतन्त्रलाई स्वाभाविक बाटो र गतिमा फर्काउन सक्छ । अहिले जनताको जीवन र अर्थतन्त्रको दैनिकीलाई जोगाएर कसरी अघि बढ्न सकिन्छ भन्ने नै मुख्य उद्देश्य बन्नुपर्छ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन चुनौती

मनाङ । मनाङको सदरमुकाम चामेस्थित मोटरेबल पुल नदी कटानको जोखिममा परेको छ । मर्स्याङ्दी नदीको धार पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगाउन कठिन भएको हो । अहिले एक्स्क्याभेटरको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । नदीले बगाएर ल्याएका काठ पुलमा अड्किँदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ ।      वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा हेभी इक्वीपमेन्ट प्रयोग गर्न असहज भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । ‘नदीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ, त्यसैले मेशिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो । तेल त आइपुग्यो । काम गर्न सकिएको छैन,’ उनले भने, ‘पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल र बस्ती बचाउन चुनौती भयो ।’   मन्त्रालयले बाढीपहिरोका कारण अवरुद्ध बेसीशहर–चामे सडक तत्काल खुलाउन माताहतका निकायलाई निर्देशन दिएको छ । मेशिन चलाउन इन्धन अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन चामे ल्याइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नदीको धार परिवर्तन गराउन उपकरण प्रयोग गर्न कठिन भएको उनले बताए । निरन्तरको वर्षाले पानीको सतह नघट्दा उपकरण प्रयोग गर्न र पुलमा अड्किएका काठले गर्दा पानी छिर्न नपाएर धार फेरिएको उनको भनाइ छ । ‘सडक सञ्जालका लागि उपयोगी बनेको पुल बाढी आउँदा भने समस्याको जड बनेको छ,’ उनले भने । उक्त सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न सेना र सडक विभागको प्राविधिक टोली आए पनि प्रतिकूल मौसमले साथ दिएको छैन । बाढी पहिरोका कारण बेसीशहर–चामे सडक अवरुद्ध हुँदा जिल्ला सडक सञ्जालबाट पूर्ण रूपपा विच्छेद भएको छ । रासस

के स्पेन आफूलाई टुक्रिनबाट बचाउन सक्छ ?

पछिल्लो ४० वर्षदेखि स्पेन एउटा ठूलो संकटसँग जुधिरहेको छ । यो युरोपियन युनियनका लागि पनि ठूलो चुनौती बनिरहेको छ । वर्षैंदेखि जारी कटूताका बीच स्वतन्त्रता समर्थकले क्याटलोनियालाई स्वतन्त्र मुलुक घोषणा गरे । यसको प्रतिक्रियास्वरुप स्पेनले यस स्वायत्त इलाकामा सिधा शासन लागू गरिदियो । यसबाट के सवाल उठ्न थालेको छ भने के …