बर्दिया जिल्लाको खैरापुर लोपोन्मुख कृष्णसारको प्राकृतिक एवं स्थायी बासस्थान हो ।
लोपोन्मुख कृष्णसारको प्राकृतिक बासस्थान रहेको एसियाकै एक मात्र स्थान भए पनि प्रचारप्रसारको अभावमा यहाँ पर्यटकीय गतिविधि निकै न्यून छ ।
अर्कातर्फ कृष्णसारको संरक्षणमा पनि चुनौती छ ।
कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुर गुलरिया बर्दियाको गणना अनुसार अहिले यहाँ १६५ कृष्णसार छन्, तिनमा ४१ भाले र १२२ पोथी तथा २ बच्चा रहेको तथ्यांक छ ।
लोपोन्मुख कृष्णसार पाइने एक मात्र ठाउँ भए पनि पर्यटक आवागमन निकै न्यून रहेको रेञ्जर आशिष त्रिपाठीले ब...