संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन्। दशौँ लाख अफगानी नागरिकलाई बचाउन अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताएका छन्।उनले भने, ‘अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ।’हाम्रा प्रयासहरूबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उनले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन