काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् व्यवस्थापन पुनरवलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । रास्वपा सांसद तोसिमा कार्की प्रस्तावक र सन्तोष परियार, गणेश पराजुली, असिम शाह, विराजभक्त श्रेष्ठ, निशा डाँगी र बिन्दवासिनी कंसकार समर्थक रहेको प्रस्ताव सोमबार संघीय संसद् सचिवालयमा दर्ता गरिएको हो । […]