चक्रपथ विस्तारबारे १० सांसदले दर्ता गरे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

चक्रपथ विस्तारबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । काठमाडौंबाट प्रतिनिधित्व गर्ने १० सांसदले प्रस्ताव दर्ता गराएका हुन् । चक्रपथ दोस्रो खण्ड विस्तार अलपत्र परेकाले प्रस्ताव दर्ता गराउनुपरेको उनीहरूले उल्लेख गरेका छन् ।