काठमाण्डाै - अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख सहर तालिबान विद्रोहीले कब्जा गरेको छ ।
विद्रोहीले आज बिहानै पूर्वी सहर जलालाबाद नियन्त्रणमा लिएका छन् । यससँगै अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन् ।
जलालाबादमा बिना कुनै क्षति तालिबानले सहज रुपमा कब्जा जमाएको समाचार संस्था रोयटर्सले जनाएको छ । योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ ।
तालिबान लडाकु राजधानी काबुलमा निराशा र डर छाएको छ । काबुलमा हजारौँ मानिस सडक ...