तालिबानद्वारा प्रमुख सहर मजार–ए–शरिफ कब्जा, अमेरिकी सेनाले छोड्नु तीन साता आगावै तालिबान काबुल पुग्दै

अलजजिरा। तालिबानले अफगानिस्तानको उत्तरी क्षेत्रको प्रमुख सहर मजार–ए–शरिफ कब्जा गरेका छन्। सहर कब्जासँगै अफगान सुरक्षा फौजलाई ठूलो धक्का लागेको छ। अमेरिकी सेनाले ११ सेप्टेम्बरमा अफगानिस्तान छोड्नु तीन साता अगावै तालिबान लडाकु राजधानी काबुल पुग्ने अनुमान गरिएको छ। मजार–ए–शरिफ तालिबानले पछिल्ला दिनमा कब्जा गरेको चौथो ठूलो सहर हो। तालिबान लडाकु मजार–ए–शरिफमा प्रवेश गरे लगत्तै सरकारी सुरक्षा फौज भागेका थिए।