बङ्गलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेलको तयारी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि छलफल चलिरहेको बताएको छ । एन्फाले बंगलादेश, लाओस र बुनईसँग मैत्रीपूर्ण खेलमा लागि छलफल चलिरहेको र अन्तिम टुङ्गो लाग्न लागेको बताएको छ ।‘बंगलादेश, लाओस र बुनाईसँग मैत्रीपूर्ण खेलको लागि छलफल चलिरहेको छ । अन्तिम टुङ्गो लाग्न बाँकी छ,’ एन्फाका महासचिव किरण राईले रातोपाटीसँगको कुराकानीमा भने । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट हटाएका १० खेलाडी पनि यसै मैत्रीपूर्ण खेलबाट आउने सम्भावन

सम्बन्धित सामग्री

नेपाल र पाकिस्तानको मैत्रीपूर्ण खेल सुरु

काठमाडौं, ३० कार्तिक । नेपाल र पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गरिरहेको छ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो । पाकिस्तानले नेपालसँग दुई खेलको मैत्रीपूर्णका लागि प्रस्ताव गरेको थियो । तर, नेपालले एक खेलको लागि सहमति जनाएको हो ।पाकिस्तानविरुद्धको […]

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको बजेट ४८ लाख

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख भएको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको अनुमानित बजेट तय गरेको हो ।साथै एन्फाले मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ । जसमा सामान्य प्याराफिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ ।मैत्रीपूर्ण खेल फिफा डे अन्तर्ग

बार्सिलोना र म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकियाे

काठमाण्डाै - स्पेनिस क्लब बार्सिलोना र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । क्याम्प नोउमा आज बिहान भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन्। खेलको २१औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २९औँ मिनेटमा पीएरे एम्रिक औबमेयाङले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६६औँ मिनेटमा फ्रेन्की डी योङले गोल गर्दा बार्सिलोना २–१ गोलले अघि रह्यो। ७०औँ मिनेटमा कोल पाल्मेरले...

मौरिससविरुद्धको मैत्रीपूर्ण खेल जारी, विमल सुरुवाती ११ मा

अफ्रिकन राष्ट्र मौरिससविरुद्धको मैत्रीपूर्ण खेल दशरथ रङ्गशालामा सुरु भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलोपटक मौरिससविरुद्ध खेल्न लागेको हो । मौरिसस नेपालविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आइपुगेको थियो । यससँगै गत अक्टोबरमा सम्पन्न दक्षिण एसियाली च्याम्पियनसिपको फाइनलपछि नेपाल पहिलोपटक मैदान उत्रिएको हो ।जिल्ला प्रशासन कार्यालयले खेलमा सीमित सङ्ख्यामा दर्शक राख्न अनुमति दिएपछि पाँच हजार दर्शकसहित खेल सुरु भएको छ । यो खेलको सुरुवाती ११ मा विमल

नेपाल र मरिससबीच पहिलो मैत्रीपूर्ण खेल आज

काठमाडौं : नेपालले आज अफ्रिकी देश मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै छ। दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिसस र नेपालको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।खेल शनिबार दिउँसो ४:४५ बजे सुरु हुनेछ। दुवै टिम सुखद् नजिताको लक्ष्य लिएर मैदान उत्रिने छन्। केही सातादेखि तयारी गरिरहेको नेपालले अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने लक्ष्य लिएको छ।खेलको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छ

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं: नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई २-१ गोलअन्तरले हराएको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ। नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ। खेल साँझ पाँचबजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। टिकट शुल्क २०० र ५०० तोकिएको छ। खेलको प्रत्यक्ष प्रत्यक्ष…

मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसले गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशको महिला राष्ट्रिय टोलीबीचका दुई मैत्रीपूर्ण खेल डिश होमको एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपाल र बंगलादेशको पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ । दुवै खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा पहिलो पटक खेल्न लागेको हो ।अखिल […]

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

२० भदौ, काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ […]

त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् । त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न नेपाल आएको किर्गिस्तानको यु–२३ टोलीले आर्मी क्लबसित मैत्रीपूर्ण खेल खेलेको हो । दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । दुवै टोलीले गोल गर्ने मौका पाए पनि सफल भने हुन सकेनन् । खेलको पहिलो मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठले गोलपोष्टमा हानेको बल किर्गिस्तानका गोलकिपर प्रिएदकिन अर्तेमले रोके । यस्तै खेलको २६औँ मिनेटमा किर्गिस्तानका तर्फबाट अभिलोभ अर्नाजले गोल गर्ने उत्कृष्ट मौका गुमाए । मध्यान्तरअघिको खेल सकिनै लाग्दा आर्मीका विवेक बस्नेतले गोल गर्ने प्रयास गरेका थिए । तर उनी गोल गर्नबाट चुके । यसैगरी खेलको ७३औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठ गोल गर्नबाट वञ्चित भए । यस्तै किर्गिस्तानले खेलको ८६औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास असफल भयो । मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीबाट गोलका प्रयास भएका थिए । किर्गिस्तान त्रिदेशीय प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो । आफ्नै खेलाडीले आत्मघाती गोल गरेपछि किर्गिस्तान पराजित हुन पुगेको हो । नेपालले किर्गिस्तान र बंगलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपालले अब सोमबार बंगलादेशसँग दशरथ रंगशालामा फाइनल खेल खेल्ने छ । उक्त खेल साँझ ५ बजेर ३० मिनेटमा सुरु हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।