काठमाण्डाै - स्पेनिस क्लब बार्सिलोना र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । क्याम्प नोउमा आज बिहान भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन्।
खेलको २१औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २९औँ मिनेटमा पीएरे एम्रिक औबमेयाङले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६६औँ मिनेटमा फ्रेन्की डी योङले गोल गर्दा बार्सिलोना २–१ गोलले अघि रह्यो।
७०औँ मिनेटमा कोल पाल्मेरले...