काठमाडौँ– अहमद राजधानी काबुलको एक प्राइभेट कम्पनीमा सन् २०१९ को सेप्टेम्बरदेखि कार्यरत एक युवक हुन् । तालिवान शासनसँगै कम्पनी टाट पल्टिएपछि उनी बेरोजगार भएका छन् । विद्यालय र विश्वविद्यालय तहका विद्यार्थी बहिनीहरूको पठनपाठनसम्बन्धी जिम्मेवारी थियो उनलाई । जागिरले घर राम्ररी चलेको थियो । अफगानिस्तानमा एकाएक तालिवान सत्ता स्थापित भएपछि व्यापारिक क्षेत्रमा पनि नराम्रो झट्का लाग्यो […]