सन् १९८० मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करन शाह जब उपल्लो डोल्पामा गएर हिउँचितुवाबारे अध्ययन सुरु गर्न थाले, त्यतिबेला उनको शरीर थरथर काँपिरहेको थियो ।तराईको पाटे बाघ अनि पहाडको चितुवा जस्तै हिउँचितुवा पनि हिंस्रक होला भन्ने उनलाई लागेको थियो । उनीसँगको अध्ययन टोलीमा रहेका अमेरिकी वैज्ञानिक डा. रेड्नी ज्याक्सन पनि डोल्पाको भूगोल अनि कहिल्यै नदेखेको हिउँचितुवाप्रति निकै डराराएका थिए तर अध्ययनका क्रममा जम्काभेट भएको जति पनि हिउँचितुवा थिए, ती कुनै पनि बाघ जस्तै आक्रामक थिएनन्