पर्वत : सोमबार सदनमा प्रस्तुत भएको गण्डकी प्रदेश सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकताबारे मंगलबारबाट छलफल हुँदैछ।अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा सोमबार आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। जसमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तयार पारिएका कार्यक्रम र पुराना योजनालाई प्राथमिकतामा राखिएको छ।प्रदेशको आगामी बजेटका सिद्धान्त तथा प्राथमिकतामा कोभिडसँगै चालू आर्थिक वर्षमा अघि बढाइएका क्रमागत योजनालाई प्राथमिकता दिइएको मन्त्री गुरुङले बताएक