लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम नल्याइ आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता ल्याएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेपछि मात्र बजेटको सिद्धान्त र प्रथामिकता ल्याउनुपर्नेमा उक्त प्रक्रियालाई सरकारले मिचेको भन्दै विपक्षी दलहरुले प्रश्न उठाएका छन् ।बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्न सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौ