साहसिक खेलको शुल्कमा आधा छूट

विराटनगर (अस) । मोरङ व्यापार संघले शुक्रवारदेखि आयोजना गरेको ‘ट्रेड एक्स्पो २०२२’मा आमउपभोक्ताको आकर्षण बनेका साहसिक खेलको शुल्क आधा घटाइएको छ । पहिले रिभर्स बन्जी, एयर साइक्लिङ र जिप लाइनको तीनओटैको प्याकेजमा प्रतिव्यक्ति १ हजार २०० रुपैयाँ शुल्क थियो । आयोजकका अनुसार अहिले यी सबैको शुल्क ६०० रुपैयाँ कायम गरिएको छ । उपभोक्ताबाट तीनओटै खेलको प्याकेजमा मूल्य घटाइनुपर्ने सुझाव आएपछि आधा घटाइएको अध्यक्ष नवीन रिजालले बताए । ‘सबैले खेल्न सकून् भन्ने उद्देश्यले शुल्कमा व्यापक छूट दिएका हौं,’ उनले भने । उनका अनुसार एउटा मात्र खेल खेल्न चाहनेले अब २०० रुपैयाँ मात्र तिरे पुग्छ । एक्स्पो शुरू भएको सातौं दिन बिहीवार थप १ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । चारपांग्रे सवारीसाधन र विद्युतीय साइकलको विक्री तथा बुकिङ भएकाले एक्स्पोको कारोबार बढेको हो । बिहीवार २० हजारभन्दा बढीले एक्स्पोको अवलोकन गरेका छन् । बिहीवार सविन राई लगायतका गायकको प्रस्तुति थियो । संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले साहसिक खेलहरू खेल्न टाढा र निकै दिनको यात्रा गरेर पुग्नुपर्ने भएकाले मेलामा आम सर्वसाधरणलाई आधा शुल्कमा यसको अवसर दिइएको बताए । जिपलाइन, रिभर्स बन्जी, जिप साइक्लिङ लगायत साहसिक खेल खेल्न विराटनगरवासीले धेरै टाढाको यात्रा नगरी एक्स्पोमै अनुभव लिन सक्नेछन् ।   एक्स्पोमा एसीसहितका ८०, कुलरसहितका ६० र सामान्य प्रकारका १०६ ओटा स्टल छन् । त्यस्तै अटोमोबाइलका १० र फुडकोर्टका लागि १० स्टल छन् । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न आज (शुक्रवार) गायक डम्बर नेपाली, गायिका इन्दिरा जोशी र हास्यव्यंग्य कलाकार शैलेन्द्र सिम्खडाको प्रस्तुति रहेको छ ।

सम्बन्धित सामग्री

साइकल प्लाङ्क ब्यालेन्सको दोस्रो संस्करण हुँदै

साहसिक खेल साइकल प्लाङ्क ब्यालेन्सको दोस्रो संस्करण हुनेभएको छ । लायन्स क्लब अफ कपिलवस्तुले असोज २७ गतेदेखि दोस्रो पटक खेलको आयोजना गर्न लागेको क्लबका अध्यक्ष ओमप्रकाश घिमिरेले बताउनुभयो ।

कुशादेवीको रातो पहरामा ‘रकक्लाईमिङ्ग’ सुरु

काभ्रे । काभ्रेको पनौती नगरपालिका तोरिखोरिया, नयाँगाउँ स्थित रातो पहरामामा सहसिक खेल रकक्लाईमिङ्ग सुरु भएको छ । व्यवसायीक रुपमा सुरु गरिएको रकक्लाईमिङ्ग खेलको उद्घाटन गर्दे नगर प्रमुख रामशरण भण्डारीले साहसिक खेल रकक्लाईमिङलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । एकै पटकमा आठ जना क्लाईमर चढ्न सकिने गरी रातो पहरामा साहसिक खेल रकक्लाईमिङ्ग निर्माण गरिएको नेपाल पर्वतारोहण प्रशिक्षक संघका […]

मलेसियामा नेपाललाई दिइयो साहसिक खेलमा प्रथम मुलुकको अवार्ड

मलेसिया । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’ घोषित भएको छ । आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको

'साहसिक खेल' नियमन गर्ने कानुन ल्याउन महान्यायाधिवक्ताको सुझाव

महान्यायाधिवक्ताको कार्यालयले 'साहसिक खेल' गतिविधि नियमन गर्नका लागि कानुनको आवश्यकता रहेको भन्दै सरकारलाई त्यसको व्यवस्था गर्न सुझाव दिएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले साहसिक खेलको क्रममा हुने घटनाको अनुगमन गर्ने कानुन नहुँदा कानुनी जटिलता रहेको बताए ।

‘ट्रेड एक्स्पो २०२२’ आइतवारसम्म सञ्चालन हुने, पौने २ लाख बढीले गरे अवलोकन

विराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ट्रेड एक्स्पो २०२२ मा छैटौं दिन (बुधवार)सम्ममा १५ करोड रुपैयाँको व्यावसायिक कारोबार भएको छ । एक्स्पो १ लाख ८० हजारले अवलोकन गरेका छन् । स्थानीयको रुचि र मागका कारण एक्स्पोको अवधि एक दिन थप गरिएको छ । यसअघि निर्धारित तालिका अनुसार शनिवार सम्पन्न हुने भनिएको एक्स्पो अब आइतवार समापन हुनेछ । अपेक्षा गरिएको भन्दा बढी दर्शक आएपछि उनीहरूको इच्छा अनुसार एक्स्पो एक दिन थप गर्ने निर्णय गरिएको संयोजक विकास बेगवानीले जानकारी दिए । चैत १८ देखि २६ गतेसम्म एक्स्पो सञ्चालन गर्ने भनिएको थियो । ‘दर्शकको माग अनुसार मेला बढाउनुपर्ने भयो,’ उनले भने, ‘उनीहरूको चाहना बमोजिम चैत २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।’ एक्स्पोमा आउने दर्शक संख्या बढेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । ‘हामीले सोचेभन्दा धेरै दर्शक आएका छन् । एक्स्पोलाई दर्शकले मन पराइदिनुभएको छ,’ उनले भने । उनका अनुसार एक्स्पोमा विद्युतीय सामग्री र अटोमोबाइल बढी विक्री भएको छ । एक्स्पोमा ८० ओटा एसीसहितका, ६० ओटा कुलरसहितका र १०६ ओटा सामान्य स्टल रहेका छन् । ‘सबै स्टलहरू दर्शकको रोजाइमा परेका छन्,’ संयोजक बेगवानीले भने । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको थियो । यस्तै अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको थियो । एक्स्पोमा अटोमोबाइलका १० र फूड स्टल १० ओटा छन् । संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले एक्स्पोमा राखिएका साहसिक खेलहरूमा उपभोक्ताको आकर्षण देखिएको बताए । साहसिक खेल खेल्न टाढा र निकै दिनको यात्रा गरेर पुग्नुपर्ने भएकाले पनि एक्स्पो उनीहरूका लागि उपयुक्त स्थल भएको उनको भनाइ छ । आम सर्वसाधारणले एकपटक भए पनि खेलून् भन्ने सोचले एक्स्पो स्थलमा जिपलाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायत साहसिक खेलको व्यवस्था गरिएको उनले बताए । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न दैनिकजसो विभिन्न राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिँदै आएका छन् । सोही क्रममा आउँदो शुक्रवार गायक डम्बर नेपाली र गायिका इन्दिरा जोशीले सांगीतिक प्रस्तुति दिँदै छन् । एक्स्पोमा राखिएका लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट बेसिल जस्ता अन्तरराष्ट्रिय संरचनाको नमूनाले आकर्षण थपेका छन् । यस्तै सेल्फी जोनमा फोटो खिच्नेको भीड लाग्ने गरेको छ । एक्स्पोमा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादन समेत विक्रीका लागि राखिएका छन् ।

बाँदर जान नसक्ने भीरमा आधा अर्ब लगानी : ८०० फिटको उचाईमा स्काई क्याफे सञ्चालन

फागुन ४, काठमाडौं‍ । बागलुङ र पर्वतको सिमानदी कालिगण्कीको खोँचमा एउटा अनौठा क्याफे सञ्चालनमा छ ।  स्काई क्याफे भनेर चिनिने यो क्याफे नदीको गहिराईदेखी साढे ८०० फिटको उचाईंमा अवस्थित छ । फलामे डोरीमा झुण्डिएको अनौठो क्याफेको अवधारणा भने सोहि ठाउँमा बञ्जी सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले ल्याएको हो ।  पर्यटन व्यवसायमा लगानी गरिरहेको कम्पनीले बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई साहासिक खेलको हव बनाउने योजना सहित शूरु भएको थियो ।  शरीर नै जिरिङ्ग हुने भीमकाय भीर, जहाँ सजिलै बाँदर पनि जान सक्दैन । तर यहाँका व्यवसायीले भने यहि भीरमा अवसर देखेर आधा अर्ब रुपैयाँ लगानी गरेका छन् । अहिले यस स्थानमा रिसोर्ट, क्याफे, बञ्जी, स्वीङ, स्काई साईकिलिङ, पीङ  लगायतका साहसिक खेल र पर्यटकिय व्यवसाय सञ्चालन भएका छन् ।  बञ्जी जम्प, स्वीङ, स्काई साईकिलिङ लगायतका साहासिक खेल सञ्चालन गरेको कम्पनीले हालै मात्रै स्काई क्याफे सञ्चालनमा ल्याएको हो । करीब एक महिनादेखि क्याफे सञ्चालनमा आएपनि यसको आधिकारिक शुभारम्भ भने गरिएको छैन । यस प्रकारको क्याफे नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको हो ।  स्काई साइक्लिङका लागि राखिने फलामे तार सँगसँगै थप फालमे तार राखेर क्याफे सञ्चालन गरिएको छ । एउटा टेवल सहित बस्ने बेन्चलाई फलामे तारमा झुण्ड्याइएको छ । फलाममा काठका फ्ल्याक जडान गरेर बेञ्च र टेबल निर्माण गरिएको छ ।  टेबललाई घिर्नीका माध्यमबाट डरलाग्दो भीरमाथी राखेर क्याफेलाई यताउता हिँडाइराखिएको हुन्छ ।   ग्रहाकलाई घिर्नीको माध्यमले भीरको मध्ये भागमा पुर्यारउने र त्यसपछि होटलका स्टाफले स्काई साईकिलिङ गर्दै कफी र खाजा सर्भिस गर्ने गरेको द क्लिफका सञ्चालक राजु केसीले बताए ।  यस क्याफेको अनुभव लिन चाहानेहरूले एकमुष्ट ५ हजार रुपैयाँ तिरेपछि  स्काई क्याफेमा बसेर अर्डर अनुसारको खाजा र कफी पनि खान सक्छन् ।   पूर्ण सुरक्षाको व्यवस्था गरिएको क्याफेमा ग्राहकले यात्रा गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न सक्छन् । हाल क्याफेमा दैनिक औसत ५० जनाले स्काई क्याफेको मज्जा लिने गरेको सञ्चालक केसीले अभियानलाई बताए । अहिले शूरूआती चरण भएको र खासै प्रचार प्रसार नगरिएको उनको भनाई छ ।   ‘हाल सम्म बञ्जी, स्विङ, स्काई साईकिलिङ र रिसोर्टका लागि ४८ करोड रुपैयाँ बढी लगानी भइसकेको छ ।’ केसीले भने, ‘यो स्थानमा धेरै सम्भावना छन्, त्यसैले यहाँ लगानी गरेका छौँ ।’  अव द क्लिफले तत्काल लगानी बढाउने भन्दा अन्य व्यवसायी साथीसँग सहकार्य गर्दै प्याकेज ल्याउने योजना बनाएको छ ।  ‘भर्खरै केही साथीहरुले जिपलाईन शरु गर्नुभएको छ । यहाँ र्याप्टिङको सम्भावना पनि छ । प्याराग्लाईडिङको कुरा पनि छ । यदि यस्ता खेल शूरू भएमा एकिकृत प्याकेज बनाएर पर्यटन भित्र्याउने योजना छ ।’ केसीले भने ।   स्काई क्याफेका लागि मात्रै झण्डै १ करोड रुपैयाँ लगानी  भएको द क्लिफका प्रबन्धक सफल थापाले बताए । उनका अनुसार प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क राखिएको छ । तर एक पटकमा दुई जना हुनुपर्ने हुँदा पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । १२० मिटरको लम्बाइका फालमे तारहरू राखेर क्याफे सञ्चालन गरिएको छ । अहिले शुरूवात मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउनका लागि अरू विकल्पका वारेमा समेत छलफल भइरहेको सञ्चालक केसीले बताए ।  कोभिडको कारण सुस्ताएको पर्यटन व्यवसायमा विदेशी पर्यटकको चाप कुनै पनि क्षेत्रमा छैन । तर द क्लिफलाई आन्तरिक पर्यटककै कारण व्यवसायमा समस्या भने आएको छैन ।  ‘कालिगण्डकी करिडोरसँगै जोडिएको यो कम्पनीले पोखरा आसपासका क्षेत्र र मुक्तिनाथलाई आधार बनाएर पर्यटक आकर्षण बढाउने योजना छ ।’  उनले भने, ‘नेपाली लगायत सार्क मुलुकका पर्यटक अहिले  आईरहनु भएको छ । कोभिड पछि अन्य मुलुकका पर्यटक समेत यस स्थानमा ल्याउन प्रयास गर्छौ ।’   निषेधाज्ञा भए पनि स्मार्ट लकडाउनका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको र बजार पनि पहिलेको जस्तै ठप्प अवस्थामा नरहेका कारण भिडभाड नहुने गरी साहसिक खेलमा आएका पर्यटकले मनोरञ्जन लिन पाएको कम्पनीको भनाई छ ।   रिसोर्ट पनि सञ्चालनमा यहाँ आउने पर्यटकको सुविधालाई ध्यानमा राखेर द क्लिफले यसै स्थानमा ४० रोपनी क्षेत्रफलमा रिसोर्ट समेत सञ्चालन गरिरहेको छ ।   २१ वटा टेन्ट रहेको रिसोर्टमा ११ ओटा डिलक्स र १० ओटा स्ट्याण्डर टेन्ट रहेका छन ।  डिलक्स टेन्टको शुल्क प्रति टेन्ट ३ हजार ५०० रुपैयाँ र  स्ट्याण्डर टेन्टको शुल्क प्रति टेन्ट  २ हजार ५०० रुपैयाँ रहेको प्रवन्धक थापाले बताए ।  रिसोटमा विभिन्न प्रकारका खानाका परिकार छन् । तर हाल विदेशी पर्यटक नहुँदा आन्तरिक पर्यटकलाई लक्षित गरि नेपाली खाजा र खानाको व्यवस्था मात्रै भएको पनि उनले बताए ।

ढोरपाटनमा ‘स्की’ खेलको संभावना

बागलुङ । पर्यटकीय गन्तव्य ढोरपाटन क्षेत्रमा हिउँमा खेलिने साहसिक खेल ‘स्की’ को संभावना देखिएको छ । भौगोलिक दृष्टिले युरोप तथा अमेरिकामा खेलिने ‘स्की’ भन्दा नेपालमा कैयौँ गुणा रोमाञ्चकारी तथा साहसिक हुने भएकाले अहिले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ‘स्की’ खेलको विस्तार भइरहेको छ । हिउँमा चिप्लिएर खेल्ने खेलको ढोरपाटनमा निकै संभावना रहेको विज्ञहरुको एक […]

साहसिक खेल ‘भिया फराटा’ नेपालमा सुरु

साहसिक खेलको रुपमा प्रख्यात भिया फराटा अर्थात् पहरामा फलामको बाटो हिँड्ने खेल नेपालमा पहिलो पटक सुरु भएको छ ।जुगल हिमश्रङ्खला अन्तर्गत ६१ सय ५१ मिटरको ग्याल्जेन हिमालको आधार शिविर जाने बाटोमा पहिलो पटक भिया फराटा खेलस्थल निर्माण भएको हो ।

पोखरामा थपियो नयाँ साहसिक खेल 'हट एयर बेलुन' :: Pahilopost.com

चिप्लेढुङ्गा : पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि 'हट एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत खेल सञ्चालनमा रहेका थिए। त्यसमा अत्र नयाँ विधा समेत थपिएको छ। अबदेखि पर्यटकिय नगरी पोखरानमा हट एअर बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन

शरीरमाथि ट्याक्टर चढाएर साहसिक खेलको प्रदर्शन

भारत जलन्धरका ४५ वर्षीय पहलवान मोहमद अलीले आफ्नो शरीरमाथि ट्याक्टर चढाएर साहसिक खेल प्रदर्शन गर्नुभएको छ ।