‘ट्रेड एक्स्पो २०२२’ आइतवारसम्म सञ्चालन हुने, पौने २ लाख बढीले गरे अवलोकन

विराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ट्रेड एक्स्पो २०२२ मा छैटौं दिन (बुधवार)सम्ममा १५ करोड रुपैयाँको व्यावसायिक कारोबार भएको छ । एक्स्पो १ लाख ८० हजारले अवलोकन गरेका छन् । स्थानीयको रुचि र मागका कारण एक्स्पोको अवधि एक दिन थप गरिएको छ । यसअघि निर्धारित तालिका अनुसार शनिवार सम्पन्न हुने भनिएको एक्स्पो अब आइतवार समापन हुनेछ । अपेक्षा गरिएको भन्दा बढी दर्शक आएपछि उनीहरूको इच्छा अनुसार एक्स्पो एक दिन थप गर्ने निर्णय गरिएको संयोजक विकास बेगवानीले जानकारी दिए । चैत १८ देखि २६ गतेसम्म एक्स्पो सञ्चालन गर्ने भनिएको थियो । ‘दर्शकको माग अनुसार मेला बढाउनुपर्ने भयो,’ उनले भने, ‘उनीहरूको चाहना बमोजिम चैत २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।’ एक्स्पोमा आउने दर्शक संख्या बढेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । ‘हामीले सोचेभन्दा धेरै दर्शक आएका छन् । एक्स्पोलाई दर्शकले मन पराइदिनुभएको छ,’ उनले भने । उनका अनुसार एक्स्पोमा विद्युतीय सामग्री र अटोमोबाइल बढी विक्री भएको छ । एक्स्पोमा ८० ओटा एसीसहितका, ६० ओटा कुलरसहितका र १०६ ओटा सामान्य स्टल रहेका छन् । ‘सबै स्टलहरू दर्शकको रोजाइमा परेका छन्,’ संयोजक बेगवानीले भने । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको थियो । यस्तै अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको थियो । एक्स्पोमा अटोमोबाइलका १० र फूड स्टल १० ओटा छन् । संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले एक्स्पोमा राखिएका साहसिक खेलहरूमा उपभोक्ताको आकर्षण देखिएको बताए । साहसिक खेल खेल्न टाढा र निकै दिनको यात्रा गरेर पुग्नुपर्ने भएकाले पनि एक्स्पो उनीहरूका लागि उपयुक्त स्थल भएको उनको भनाइ छ । आम सर्वसाधारणले एकपटक भए पनि खेलून् भन्ने सोचले एक्स्पो स्थलमा जिपलाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायत साहसिक खेलको व्यवस्था गरिएको उनले बताए । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न दैनिकजसो विभिन्न राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिँदै आएका छन् । सोही क्रममा आउँदो शुक्रवार गायक डम्बर नेपाली र गायिका इन्दिरा जोशीले सांगीतिक प्रस्तुति दिँदै छन् । एक्स्पोमा राखिएका लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट बेसिल जस्ता अन्तरराष्ट्रिय संरचनाको नमूनाले आकर्षण थपेका छन् । यस्तै सेल्फी जोनमा फोटो खिच्नेको भीड लाग्ने गरेको छ । एक्स्पोमा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादन समेत विक्रीका लागि राखिएका छन् ।

सम्बन्धित सामग्री

चैत २२ गतेदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो

काठमाडौँ – ललितपुर चेम्बर अफ कमर्सले चैत २२ गतेदेखि २६ गतेसम्म ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्ने भएको छ। बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर चेम्बर अफ कमर्सले एक्स्पोबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्न लागिएको […]

चैत अन्तिम साता ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो हुँदै

मेड इन नेपाल नारासहित चैत अन्तिम साता ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ आयोजना हुने भएको छ । जावलाखेल फुटबल मैदानमा २२ चैतदेखि २६ गतेसम्म आयोजना हुने एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष...

इण्डोनेशियामा ट्रेड एक्स्पो हुने

आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो । सो एक्स्पोमा इण्डोनेशियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरु राखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए । उनले सो एक्स्पोले नेपाल र इण्डोनेशियाबीच भइरहेको व्यावसायिक […]

इण्डोनेसियाकाे जाकार्तामा ट्रेड एक्स्पो हुने

काठमाडौँ- आगामी अक्टोबरमा इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो। सो एक्स्पोमा इण्डोनेसियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरू राखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए। उनले सो एक्स्पोले नेपाल र इण्डोनेसियाका बीचमा भइरहेको व्यावसायिक […]

इण्डोनेशियामा ट्रेड एक्स्पो हुने

आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो ।सो एक्स्पोमा इण्डोनेशियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरु राखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए । उनले सो एक्स्पोले नेपाल र इण्डोनेशियाका बीचमा भइरहेको व्यवसायिक गतिविधिलाई अझै बढाउन मद्दत गर्ने बताए । उनले एक्स्पोमा सहभागी भएर नेपालले इण्डोनेशियाक

सकियो ट्रेड एक्स्पो, ४० करोडभन्दा बढी कारोबार

२८ चैत, विराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ‘ट्रेड एक्स्पो – २०७८’ समापन भएको छ । चैत १८ गतेबाट सुरु भएको एक्स्पो आइतबारबाट समापन भएको हो । एक्स्पोमा ४० करोड बराबरको कारोबार भएको मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए । एक्स्पोमा दुई लाख ५० हजारभन्दा बढी उपभोक्ताले अवलोकन गरेको उनले बताए । […]

विराटनगरमा ट्रेड एक्स्पो सुरू

मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि ट्रेड एक्स्पो २०२२ सुरू भएको छ।

मोरङ व्यापार ट्रेड एक्स्पो हुने

मोरङ – मोरङ व्यापार संघले स्वदेशी उत्पादन प्रबर्द्धन गर्न ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो २०२२’ गर्ने भएको छ । संघले पत्रकार सम्मेलन गरी आगामी चैत १८ देखि २६ गते विराटनगरमा आयोजना हुने एक्स्पोबारे जानकारी गराएको छ । संघका अध्यक्ष नवीन रिजालले एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगको अतिरिक्त मुलुकभरिका महत्व झल्किने कला संस्कृति, […]

विराटनगरमा ट्रेड एक्स्पो हुने

मोरङ व्यापार संघले विराटनगरमा चैतको दोस्रो सातादेखि ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ।

मोरङ व्यापार संघले ट्रेड एक्स्पो गर्ने

२४ फागुन, विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि २६ गतेसम्म ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ आयोजना गर्ने भएको हो । कोरोनाका कारण थलिएको व्यवसायलाई प्रवर्द्धन गर्ने उदेश्यले ट्रेड एक्स्पो आयोजना गर्न लागिएको उनले जानकारी दिए । एक्स्पोमा २७५ वटा स्टलहरू रहने मोरङ व्यापार […]