लुम्बिनी प्रदेशमा १६ गते सपथ

बुटवल । लुम्बिनी प्रदेशसभाका सदस्यहरुको सपथ पुस १६ गते हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सपथको मिति प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले सपथ ग्रहणका लागि १६ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरेपछि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एंव […] The post लुम्बिनी प्रदेशमा १६ गते सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

विना विभागीय मन्त्री बन्न महराले गरे इन्कार

२५ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो । महराले शपथ नलिने […]

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा लुम्बिनी प्रदेशमा प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

ओली नेतृत्वको केन्द्रीय र प्रदेश सरकारले प्रतिगमनलाई मद्दत गर्दैछ : जनमाेर्चा

लुम्बिनी प्रदेशमा  मुख्यमन्त्रीको राजीनामा र पुनः उनलाई मुख्यमन्त्रीमा नियुक्ति तथा सपथ ग्रहण गराइएको घटनाको बारेमा राष्ट्रिय जनमोर्चाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षीहरुले अविश्वासको प्रस्ताव राखेका थिए । बैशाख १९ गते प्रदेश सभामा उक्त प्रस्तावमाथि छलफल गरी निर्णयार्थ पेश गर्ने कार्यक्रम थियो । लुम्बिनी प्रदेश सभामा कूल ८१ जना सांसद छन् । ४२ जना विपक्षी सांसदहरुको हस्ताक्षरसहित प्रस्तावित मुख्यमन्त्रीलाई नियुक्ति गर्न निवेदन दर्

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं : चार दल

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको बताएका छन् । विपक्षी […]

लुम्बिनीमा मुख्यमन्त्रीको सपथका क्रममा झडप

काठमाडौं। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको सपथ कार्यक्रमको विरोधका क्रममा सांसद र प्रहरीबीच झडप भएको छ। प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शङ्कर पोखरेललाई शपथ खुवाउने तयारी चलिरहँदा विपक्षी दलका नेता कार्यकर्ताले विरोध जनाइरहेका थिए। प्रदेश प्रमुखको कार्यालय अगाडी सपथ समारोहको विरोधपछि मुख्यमन्त्रीको कार्यालयमा पोखरेललाई सपथ खुवाइएको थियो।

विपक्षी दलका ४० सांसदको माग, शंकर पोखरेललाई पुनः सपथ नगराउनु

काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेलको बहुमत नरहेपछि मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न विपक्षी दलहरूले माग गरेका छन्। पोखरेलको पक्षमा बहुमत नरहेकाले विपक्षी दलका ४० सांसदहरूले पुनः नियुक्ति र सपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका हुन्। आज एमालेको एकल सरकार बनाउने भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। तर, विमला वली आफू माओवादीमा प्रवेश गरेको बताएपछि पोखरेलले बहुमत गुमाए।

ओलीसँग महन्थ, प्रचण्डसँग उपेन्द्र र बाबुरामको सहकार्य

काठमाडौं, ७ वैशाख । लुम्बिनी प्रदेशमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच सहकार्य देखिएको छ । हिजो लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने ३ र अर्का एक गरी ४ सासद नै मन्त्रीको सपथ खान पुगेपछि यस्तो सहकार्य देखिएको हो । […]

यी हुन् लुम्बिनी सरकारका नयाँ मन्त्रीहरु

लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरु राजीनामा दिएको केही घण्टाभित्र नै जसपामा ४ जना सांसदहरुले मन्त्री पद पाएका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ अहिले गराएका छन् । एक राज्यमन्त्रीसहित ४ जना मन्त्री पद पाएपछि जसपा शंकर पोखरेलको नेतृत्वमा सरकारमा गएको छ ।आज नियुक्त भएका मन्त्रीहरूमा