विपक्षी दलका ४० सांसदको माग, शंकर पोखरेललाई पुनः सपथ नगराउनु

काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेलको बहुमत नरहेपछि मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न विपक्षी दलहरूले माग गरेका छन्। पोखरेलको पक्षमा बहुमत नरहेकाले विपक्षी दलका ४० सांसदहरूले पुनः नियुक्ति र सपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका हुन्। आज एमालेको एकल सरकार बनाउने भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। तर, विमला वली आफू माओवादीमा प्रवेश गरेको बताएपछि पोखरेलले बहुमत गुमाए।