तीन जिल्ला जोड्ने खुलालु-लैफु-सलीसल्ला सडक

नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु–सलीसल्ला सडक हस्तान्तरण गरेको छ ।  नेपाली सेनाका कर्णाली करिडोर सडक कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा–सिमिकोट आयोजना प्रमुख विष्णुदास लामालाई सडक हस्तान्तरण गरेका हुन् ।  २०७१ चैत ९ गतेबाट निर्माण शुरू गरिएको कुल १२२.७५ किलोमिटर लम्बाइ र औसत ६ मिटर चौडाइ रहेको उक्त सडक खण्डले कालीकोट, बाजुरा र हुम्लालाई जोडेको छ ।  सडक निर्माणसँगै राष्ट्रिय सञ्जालमा जोडिन बाँकी रहेको अन्तिम जिल्ला हु...

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिन सडक अझै तीन साता बन्द हुने

भरतपुर : नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ। सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो। आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए।उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम

खोटाङका सडक कालोपत्रे गर्न जिल्ला समन्वय समितिको माग

खोटाङ – जिल्ला समन्वय समिति खोटाङले चार वटा सडक कालोपत्रे गर्नका लागि बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासमक्ष माग राखेको छ। मन्त्री ज्वालालाई आइतबार मागपत्र बुझाउँदै जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले हुर्लुङ-जालपा-ऐसेलुखर्क सडक, जालपा-बाक्सिला सडक, धाप्लाङ-धर्तुङ-चिसापानी-डम्बर्खुशिवालय-भञ्ज्याङखर्क सडक र ग्राभेल भइसकेको साप्सु खोला मात्तिम-मानेभञ्ज्याङ-खिदिमा-पान्धारे भोजपुर सडक कालोपत्रे गर्नका लागि प्राथमिकता […]

जुम्लालाई तीन जिल्ला जोड्ने सडक निर्माणमा ढिलाइ

जुम्लासहित चार जिल्ला जोड्ने सडक निर्माणमा ढिलासुस्ती भएको छ । विगत सात महिनायता निर्माण व्यवसायीले म्याद थपको माग गर्दै काम नगरेपछि (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) चार जिल्ला जोड्ने सडक निर्माणमा ढिलाइ भएको हो । उक्त सडक चारवटा निर्माण सेवामार्फत् विभिन्न प्याकेजमा काम हुँदै आएको थियो । गत असोज १९ देखि २५ गतेसम्म भएको अविरल वर्षापछि आएको बाढी पहिरोले […]

सुगम जिल्ला लमजुङ सडक जीर्ण भएकै कारण दुर्गम बन्दै

काठमाडौं, पुस २ । सडक यातायात विकासको मुख्य पूर्वाधारका साथै समृद्धि ल्याउने आधार हो तर मुलुकका धेरैजसो जिल्ला सदरमुकामसम्म सडक सञ्जाल पुग्दैमा सुगमता र समृद्धि नआउने रहेछ । सडकको दुरवस्थाले कुनै पनि ठाउँको समृद्धिमा ठुलै धक्का पुर्‍याउँदो रहेछ। त्यसको एउटा उदाहरण हो, लमजुङ । मध्य नेपालको सुगम जिल्ला लमजुङ सडक जीर्ण भएकै कारण दुर्गम बन्दैछ […]

जिल्ला समन्वय समितिद्वारा म्याङलुङ जिरी सडक खण्डको अनुगमन

तेह्रथुम– जिल्ला समन्वय समिति तेह्रथुमले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत जिरी बगाले म्याङलुङ सडक खण्डको अनुगमन गरेको छ । समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्की र प्राविधिक टोलीले सडक अनुगमन गरेको हो । लोकमार्ग अन्तरगत म्याङलुङ वसन्तपुर २६ किलोमिटर तिन प्याकेज बनाएर सडकलाई कालोपत्रेको काम गरिएको थियो ।  पहिलो र दोस्रो खण्ड निर्माण सम्पन्न […]

म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बर्सातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ–बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको जानकारी दिए । मालढुङ्गा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँ ठाउँमा

कपुरबाेट–चाेरखाेला सडक खण्ड एक हप्ता बन्द हुने

दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डमा पर्ने कपुरबाेट–चाेरखाेला सडक फेरि बन्द भएको छ । सडक स्तरोन्नतिको काम गर्न आज बुधवारदेखि एक हप्तासम्म दैनिक साढे घण्टा सडक बन्द भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले चैत २३ देखि चैत २९ गतेसम्म दैनिक साढे आठ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयकाे सूचनाअनुसार याे सडक खण्ड दैनिक बिहान ७ देखि ९, ११ देखि दिउँसो ३ र बेलुका साढे ५ देखि राति ८ बजेसम्म बन्द...

अवरुद्ध सडक खुलाउन हिउँ पन्छाउँदै जिल्ला विपद् समिति

जुम्ला – हिमपातका कारण अबरुद्ध सडक सञ्चालन गर्न जिल्ला विपद् समितिले हिउँ पन्छाउन थालेको छ। बिहीबारदेखि परेको लगातारको हिमपातले अवरुद्ध भएको जुम्लाको सडक खुलाउन समितिले हिउँ पन्छाउन थालेको हो। हिमपातले सडक अवरुद्ध हुँदा जुम्लाको विभिन्न सडकखण्डमा दर्जनौँ सवारीसाधन रोकिएका छन्। हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं नेतृत्वको सुरक्षा निकायसहित टोली […]

दाङबाट पहाडी जिल्ला जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध

दाङ– लगातार परेको पानीका कारण झरेको पहिरोले दाङ–रोल्पा जोड्ने होलेरी सडक खण्ड र दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ। घोराही उपमहानगरपालिका–१३ काभ्रे स्थित घोराही होलेरी सडक खण्डमा माथि बाट पहिरो खसेर बाटो अवरुद्ध भएको र पहिरो हटाउने काम जारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। यस्तै तुलसीपुर उपमहानगरपालिका–३ लाहुरे चौरस्थित दाङ–सल्यान सडक खण्डमा […]

डोटी : पहिरोले सडक अवरुद्ध, सदरमुकाम आवतजावत गर्न समस्या

डोटी – तीन दिनदेखिको लगातार वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । यस सडक अन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावत गर्नमा समस्या भएको छ । पहिराेले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजान तथा गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्नमा समेत समस्या उत्पन्न भएको दिपायल सिलगढी नगरपालि...