खोटाङका सडक कालोपत्रे गर्न जिल्ला समन्वय समितिको माग

खोटाङ – जिल्ला समन्वय समिति खोटाङले चार वटा सडक कालोपत्रे गर्नका लागि बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासमक्ष माग राखेको छ। मन्त्री ज्वालालाई आइतबार मागपत्र बुझाउँदै जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले हुर्लुङ-जालपा-ऐसेलुखर्क सडक, जालपा-बाक्सिला सडक, धाप्लाङ-धर्तुङ-चिसापानी-डम्बर्खुशिवालय-भञ्ज्याङखर्क सडक र ग्राभेल भइसकेको साप्सु खोला मात्तिम-मानेभञ्ज्याङ-खिदिमा-पान्धारे भोजपुर सडक कालोपत्रे गर्नका लागि प्राथमिकता […]

सम्बन्धित सामग्री

सेखुवा–चखेवा सडक कालोपत्रे गराउन मन्त्री ज्वालाको ध्यानाकर्षण

खोटाङ– जिल्ला समन्वय समिति खोटाङले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तरगत खोटाङको सेखुवा-चखेवा भञ्ज्याङ (१० किलोमिटर) खण्ड कालोपत्रेको काम सम्पन्न गर्ने ‘उपाय’ अपनाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् ।  पटक-पटक अनुरोध गर्दा र दवाव दिँदा पनि ठेकेदारले सेखुवा–चखेवा खण्ड कालोपत्रेको काम नगरेको भन्दै जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आइतबार मन्त्री […]

चखेवा–सेखुवा सडक कालोपत्रे गर्न ढिलासुस्ती

खोटाङ – जिल्ला समन्वय समिति खोटाङले पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा चासो देखाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बुधबार पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, धुलिखेलका प्रमुख सिनियर डिभिजन इन्जिनियर दिपेन्द्र पाण्डेय नेतृत्वको टोलीलाई कार्यकक्षमा बोलाएर दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा सडक ९१० किलोमिटर० कालोपत्रेको काममा […]

दिक्तेल–आहाले सडक कालोपत्रे गर्न ज्ञापनपत्र

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले (१०.९७४) किलोमिटर सडक कालोपत्रेको काम तत्काल सुचारु गर्न माग गरेका छन्हाटडाँडा टोल पूर्वाधार समिति तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाइमा गएका स्थानीयबासीले दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रे काम तत्काल सुचारु गर्न माग गरेका हुन्२०७५ सालमा १८ महिनाभित्र पूरा गर्नेगरी […]

बेनी–जोमसोम–कोरला सडक : कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण

म्याग्दी । अन्तरदेशीय व्यापारिक महŒवको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभीरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजै सवारी आवतजावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो । महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुईओटा मोटरेबल पुल निर्माणका लागि २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रू. १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । ८० मिटर लामो महभीरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए । ‘पुल र पहुँचमार्ग निर्माण सकिएको छ,’ उनले भने, ‘हस्तान्तरण भएपछि औपचारिक रूपमा पुलमा सवारी सञ्चालन गर्ने तयारी छ ।’ ११ मिटर फराकिलो दुईओटै पुल निर्माणका लागि ठेकेदार आफैले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । २ वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो । कोरोना महामारी र बाढी पहिरोजस्ता प्राकृतिक विपद्कै बीच सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि वडा–२ को सिमानास्थित कालीगण्डकी नदीमा समेत पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ७० मिटर लामो पोखरेबगरको पुलको रङरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रूप दिन बाँकी छ । २०६४ सालमा ट्र्याक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका छन् । बेनी–जोमसोम सडकअन्तर्गत नै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल निर्माणको तयारी भएको छ । रू. ८ करोड ४७ लाख लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताए । पुलको वारि र पारि ५०० मिटरको पहुँच मार्ग र तलमाथि दुईतर्फ २६० मिटर लम्बाइमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो । भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको बेनीदेखि चिनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्र र स्तरोन्नतिको काम भइरहेको छ । रू. ६ अर्बको लागतमा बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न सातओटा खण्डमा काम भइरहेको छ । चारओटा खण्डको निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निमित्त प्रमुख अश्विनीकुमार यादवले बताए । सो सडक स्तरोन्नति र कालोपत्र भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र व्यापारमा महŒवपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए । रासस

खोटाङका सबै पालिका जोड्ने सडक कालोपत्रे गरिने

जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्ला सभाले जिल्लाका सबै पालिका जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ ।