दाङबाट पहाडी जिल्ला जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध

दाङ– लगातार परेको पानीका कारण झरेको पहिरोले दाङ–रोल्पा जोड्ने होलेरी सडक खण्ड र दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ। घोराही उपमहानगरपालिका–१३ काभ्रे स्थित घोराही होलेरी सडक खण्डमा माथि बाट पहिरो खसेर बाटो अवरुद्ध भएको र पहिरो हटाउने काम जारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। यस्तै तुलसीपुर उपमहानगरपालिका–३ लाहुरे चौरस्थित दाङ–सल्यान सडक खण्डमा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमका पहाडी जिल्ला जाने सडक अवरुद्ध

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला प्रवेश गर्ने एक मात्र मुख्य सडक पहिरोका कारण अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णालीको जुम्लामा हिमपात

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला र कर्णालीको जुम्लामा हिमपात भएको छ । सुदूरपश्चिमको बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको स्थानीयले बताएका छन् ।  सिगासमा आज बिहानदेखि हिमपात भएको का किसान दानसिंह बोहराले बताए । हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।  यसैबीच हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको बोहराले बताए । राससको सहयोगमा

पूर्वी पहाडी जिल्ला जोड्ने चारवटा पुलको निर्माण सुस्त

यसैगरी, धनकुटा र भोजपुर जोड्ने अरु खोला पुलको काममा पनि ठेक्का पाएको कम्पनीले लापरबाही गरेको छ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला सम्पर्कविहीन

आइतबारदेखि परेको लगातारको वर्षाले पारेको प्रभावले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सम्पर्कविहिन भएका छन् । कैलालीको खानीडाँडामा रहेको नेपाल विद्युत्त प्राधिकरणको १३२ केभी ट्रान्समिसन लाइनमा सल्लाको रुख ढल्दा पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । एकातिर विद्युत अवरुद्ध हुनु अर्कोतिर खाँनीडाँडामै विद्युत प्राधिकरणको पोल मार्फत लगिएको नेपाल टेलिकमको फाइवर लिंक (एडीएसएस) पनि टुटेपछि पहाडी जिल्ला सञ्चार र विद्युतका दुईवटै सेवाबाट बञ्चित छन् ।

पहाडी जिल्ला खोटाङमा डेंगुको प्रकोप

खोटाङ, (नेस) । पूर्वीपहाडी जिल्ला खोटाङका आठ जना बिरामीमा लामखुटेको टोकाइबाट सर्ने डेंगु रोग पुष्टि भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना र ६ नम्बर वडा नेर्पाका एक जनामा डेंगु रोग पुष्टि भएको हो । यस्तै, रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक बिरामीमा उक्त रोग लागेको पुष्टि […]

पहाडी जिल्ला खोटाङमा भेटिए डेंगुका बिरामी

संखुवासभा : खोटाङमा डेंगुका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकका अनुसार एक साताको अवधिमा डेंगुका आठजना बिरामी भटिएका छन्। संक्रमितमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छन्। दिक्तेल रुपाकोट मझुवागढी १ का पाँच जना, वडा नम्बर ६ का १ जना र रावाबेशी गाउँपालिका–३ का एकजनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।तीमध्ये एक जना बिरामीलाई शरीरमा रगत कम भएकाले भदौ ३० गते अन्यत्र रेफर गरेको छ। यस्तै‚ दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको

पहिरोले सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

डोटी– सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। सडक माथिबाट ठूला ठूला ढुङ्गा र रुखसँगै आएको पहिरोका कारण राजमार्ग बन्द भएको हो। अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिराले […]

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध

धनगढी – चार दिन देखि भइरहेको लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको सुर्नयामा आएको पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएपछि दार्चुलाको यातायात सेवा प्रभावित बनेको छ। महाकाली राजमार्ग अन्तरगत सतबाँझ –गोकुलेश्वर सडकखण्डमा पर्ने बैतडीको सुर्नया गाउँपालिका ३ धरमघरमा पहिरो खसेपछि दार्चुला र बैतडीका केही स्थानको यातायात सेवा […]

पहाडी जिल्ला जोड्ने लोकमार्ग धमाधम

लुम्बिनी प्रदेशका पहाडी जिल्ला जोड्न प्रदेश लोकमार्ग निर्माण सुरु भएको छ । पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुम जोड्ने गरी रामपुर–कपुरकोट जीवराज आश्रित कृष्णसेन इच्छुक लोकमार्ग निर्माण थालिएको हो ।