डोटी – तीन दिनदेखिको लगातार वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । यस सडक अन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावत गर्नमा समस्या भएको छ । पहिराेले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजान तथा गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्नमा समेत समस्या उत्पन्न भएको दिपायल सिलगढी नगरपालि...